
झापा । आधुनिक नेपाल निर्माणका ऐतिहासिक पात्र बिसे नगर्ची राष्ट्रिय सम्मानबाट राष्ट्रिय व्यक्तित्वको रूपमा वरिष्ठ संगीतकार रञ्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगाना सम्मानित हुँदैहुनुहुन्छ । ऐतिहासिक पात्र बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानको यो दोस्रो शृङ्खला हो ।
गोर्खा फाउन्डेसन नेपालले उहाँहरुलाई ( जेठ ३१ गते ) भोलि बिर्तामोडमा विषेश समारोहमा सम्मान गर्दैछ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्मान गर्ने कार्यक्रमको तयारी अन्तिमचरण पुगेको फाउन्डेसनका अध्यक्ष वीरु दर्नालले बताउनुभयो । उहाँहरुलाई बिर्तामोडमा जातीय भेषभुसा सहितको झाँकी र सांगीतिक माहोलका बीच सम्मान गरिनेछ ।
पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु भएको नगर्ची इतिहास लेखनमा ओझेलमा पारिएको पात्र मध्येको एक हुनुहुन्छ । फाउन्डेसनले छ वर्ष अघि बिसे नगर्चीको बारेमा स्थलगत रूपमा ऐतिहासिक पक्षको खोजी गरेको थियो । खोजी पछिको सुझावका आधारमा यो कार्यक्रम सुरु गरिएको हो ।
झापाली सञ्चारकर्मीसहितको टोलीले तीन दिनसम्म गोरखामा विभिन्न पक्षसँग छलफल र ऐतिहासिक स्थानको अवलोकन गरी फाउन्डेसन गठनको निष्कर्ष दिएको थियो । त्यसलगत्तै फाउन्डेसनले राष्ट्रिय व्यक्तित्व सम्मानको योजना बनाएर काम सुरु गरेको हो ।
दलित समुदायका अग्रज, प्रेरणाका स्रोत बिसे नगर्चीले राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई स्मरण गर्दै युवा पुस्तालाई निरन्तर जानकारी दिने उद्देश्यले यो कार्यक्रमको परिकल्पना गरिएको फाउन्डेसनका अध्यक्ष दर्नाल बताउनु हुन्छ ।
२०८० सालबाट सुरु यो कार्यक्रमअन्तर्गत यसअघि फाउन्डेसनले तुलसी घिमिरे, राजेश हमाल, सिता परियार, बुवनसिंह विश्वकर्मा र महेन्द्रकुमार गिरीलाई बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गरिसकेको छ ।
गजमेर र ढुंगानासँगै यसपटक साहित्य तथा शिक्षा सेवाबाट हस्त परियार, पहिलो फिफा रेफ्री श्याम दनुवार, पत्रकार पर्वत पोर्तेल, कलाकार सुवास मेचे र पहिलो महिला अटो मेकानिक निरु परियारलाई सम्मान प्रदान गरिने कार्यक्रम छ ।
एकपटकमा बढीमा पाँचजनालाई सम्मान गर्न सकिने कार्यविधि भएपनि त्यसमा एकजना अनिवार्य झापाली हुनु पर्ने नियम फाउन्डेसनले बनाएको छ ।
स्वर्णयुगका साक्षी गजमेर
नेपाली सांगीतिक क्षेत्रले गजमेरलाई संगीतको स्वर्णयुगको साक्षीका रूपमा स्वीकारेको छ । सबै बाजा बजाउन सक्ने गजमेर मादलमा उहाँ विख्यात हुनुहुन्छ । मादलको परिचय उहाँलाई बलिउडले दिएको हो ।
अम्बर गुरुङ र अगमसिंह गिरीसँगको समूहमा मादल बजाउने गजमेरलाई संसारले वाद्ययवादकका रूपमा चिन्दछ। सन् १९८२ मा गजमेरले नै आशा भोसलेको लागि नेपाली संगीतको व्यवस्था मिलाइदिनु भएको हो । जसले आसा भोसले जस्ता व्यक्तिलाई नेपाली सांगीतिक क्षेत्रले पायो ।
सन् १९६७ मा गजमेर काठमाडौं आएर रेडियो नेपालमा स्टुडियो संगीतकार बन्नु भएको गजमेर नेपाली संगीत क्षेत्रमा छाउँदै जानुभयो । गजमेरको संगीतमा स्वरसम्राट नारायण गोपालले गाएको "यो मुटुलाई कसरी सम्झाइ बुझाउँ "गीत गायक विवेक श्रेष्ठले गाएपछि गजमेरको संगीतिक माहोल चुलिएको मानिन्छ । नेपाली मादल घन्काएर उहाँले थुप्रै भारतीय फिल्ममा संगीत भर्नु भएको छ ।
नेपाली चलचित्र सम्झना, कुसुमे रुमाल, बासुदेव, साइनो, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, दर्पण छाँया लगायतमा उहाँको संगीत छ । संगीतिक करियर बनाउन उहाँले बम्बईमा आरडी बर्मनको सहकार्य गर्नुभएको छ । गजमेर नेपाली गीतसंगीतलाई अहिलेको उचाईमा पुर्याउने स्रष्टा हुन्छ । पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु भएको नगर्चीको
ढुंगानाको देन
ढुंगाना स्थापित समाजसेवी हुनुहुन्छ । एउटै छातामूनी नर्सरीदेखि डिग्रीसम्मको पढाई संचालन गर्ने उहाँ नेपालकै पहिलो व्यक्ति मानिनु हुन्छ । बिर्तामोड कनकाई क्याम्पस खोलेर उहाँले बनाएको यो छवि आज पर्यन्त उज्यालो छ ।
सामाजिक र समाजज सेवामा महत्वपूर्ण योगदान दिनुभएको ढुंगानाले निजी खर्चमा दर्जनौं मंदिर, पुल, बाटो, आर्यघाट तथा आरामगृह निर्माण गरेर समाजलाई गुन लगाउनु भएको छ ।
झापा र इलाममा समाजसेवीको चिनारी बनाउनु भएको ढुंगानाले बिर्तामोड नगरपालिका-२ मा दुई बिघा निजी जमिनमा विभिन्न विरुवा रोपेर वातावरण संरक्षणमा कार्य गरिरहनु भएको छ ।
"पर्यावरण रहे मानव जीवन सुरक्षित छ" भन्ने अभियान अन्तर उहाँले यो काम गर्नु भएको हो । तत्कालीन शान्तिपुर गाउँ पञ्चायको आखिरी प्रधानपञ्चसमेत बनिसक्नु भएको ढुंगानाले शैक्षिक क्षेत्रमा गरेको लगानीको राष्ट्रिय रूपमा नै चर्चा हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच