
काठमाडाैं । एयर इण्डियाको एक विमान फेरि आपत्कालीन अवस्थाको सामना गर्न बाध्य भएको छ । हिज मात्रै अहमदाबादमा भएको विमान दुर्घटनापछि, आज अर्को विमान आपतकालीन अवतरण गराइएको हो ।
थाइल्याण्डको फुकेतबाट दिल्लीका लागि उडान भरेको उक्त विमानमा बम राखिएको आशंका गरिएको थियो । विमानमा १५६ यात्रु सवार थिए । शुक्रबार बिहान करिब ९:३० बजे उडेको उक्त विमान अण्डमान सागरमाथि पुग्दा बमको धम्की प्राप्त भएपछि तत्काल फिर्ता गरिएकाे थियो र फुकेतको विमानस्थलमा सुरक्षित अवतरण गरिएकाे थियो।
हालसम्म बमको धम्कीसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको छैन । सुरक्षाका दृष्टिकोणले विमानको निरीक्षण भइरहेको बताइएकाे छ । पछिल्ला दिनमा एयर इण्डियाका विमानहरूमा बढ्दो सुरक्षा चुनौतीले चिन्ता बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच