
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा नेपाल रहेको बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्नसक्ने जिकिर गर्नुभयो । सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा हामी रहेकोले विपद्को तयारी, जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था छ । यि क्षेत्रमा प्राप्त हुने सहयोगले हामीलाई सुरक्षित भविष्य निर्माणमा मद्दत गर्नेछ । सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा सेपिएफले जोड दिएको विषयलाई म स्वागत गर्न चाहन्छु । बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्न सक्छन् । हामी सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध छौँ ।’
उपप्रधानमन्त्री पौडेलले प्रक्रियागत सरलीकरण गरी आयोजनाहरु समयमै प्रभवाकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच