
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने र केहीलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई प्रोत्साहन दिएको टिप्पणी गर्नुभयो । भ्रष्टारविरोधी भाषा बोलेर मात्र नहुने भन्दै कोइरालाले निर्मम तरिकाले भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब प्रधानमन्त्रीजीले भन्नुहन्छ –म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न । त्यो बोलेर हुँदैन । कोही सुन्नेवाला छैन । कोही एक जनाले सुन्दैन । विश्वास नै गर्दैन अब निर्मम तरिकाले हामीले भ्रष्टाचारको अन्त्य गर्न शुरु गर्नुपर्यो नि । अख्तियार कसैलाई डाम्छ, त्यही केसमा अरुहरुलाई छोडिदिएको छ । त्यसले त दण्डहिनतालाई बढावा दिइरहेको देखियो । यसरी अब चल्दैन देश । सुशासन पटक्कै छैन ।’
मुलुकको आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय साख संकटमा पर्दै गएको उहाँको भनाइ छ । उहाँले श्रमिकको पारिश्रमिक वृद्धिमा सरकार लगातार असफल भएको आरोप लगाउनु भयो । नेपाल आतंकवादमा वित्तीय संलग्नताको आशंकामा रहेको भन्दै युरोपेली संघले नेपाललाई ग्रे लिस्टमा राखिसकेको तथ्यप्रति गम्भीर चिन्ता समेत व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच