
भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी बिवाद हुँदा पत्नीको कुटपिटबाट पति घाइते भएका थिए ।
भोजपुर नगरपालिका वडा नम्वर ३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नी कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रवार बिहान छिमेकीले थाहा पाएर उपचारमा लाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
गुप्तेश्वर घर भएपनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका वडा नम्वर १ तिम्मामा बसोवास गर्दै आएको थियो ।
बिवादमा पत्नी सुमित्रा राईले पतिमाथि कुटपिट गरेको र उनको सोही कारण मृत्यु भएको बिषयमा थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख तिमिल्सिनाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच