
काठमाडौं । भिजिट भिसा प्रकरणपछि निरन्तर अवरोध हुँदै आएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच २ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
कांग्रेस-एमाले र माओवादीबीच बिहीबार नै यो दुई बुँदामा सहमति बने पनि हस्ताक्षर भएको थिएन।
रास्वपाले आफूहरूलाई समय दिन माग गरेको थियो। रास्वपाले भने उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।
रास्वपालाई खाली ठाउँ राखेर तीन दलबीच आज सहमतिमा हस्ताक्षर भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।
सहमतिको पहिलोबुँदामा यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने साथै विगतदेखि भिजिट भिसा अध्यागमन प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको कानूनी, नीतिगत र संरचनागत सुधार गर्ने उल्लेख छ ।
दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ। यद्यपि यो सहमति औपचारिक रूपमा दलहरूले सार्वजनिक गरिसकेका छैनन्।
सत्तापक्ष र विपक्षी दलबीच भएको सहमति
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अपार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुगाउने मै उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे प्रमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने ।
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं रानविन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिवद्धता नेपाल सरकारले व्यक्त गर्ने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच