
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत नीति कार्यक्रममा क्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको स्पष्ट पार्नुभयो ।
त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरु उपलब्ध गराउने विषय समेत उल्लेख गर्नुभयो । सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमूनाको रुमपा कम्तिमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको छ । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरु उपलब्ध गराउने विषय समेत उल्लेख गरेका छौँ । यस बाहेक सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमूनाको रुमपा कम्तिमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ ।’
मन्त्री पौडेलले सरकारको पुनः स्थापना केन्द्र सञ्चलन र व्यवस्थापनको लागि थप बजेटको व्यवस्था गरिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच