हेटौंडा । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा एकजनालाई पक्राउ गरेको छ।
पकाउ पर्नेमा १२ पदमपोखरी बस्ने वर्ष ३५ को बिजय थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहिवार ३ बजेको समयमा हेटौंडा - ११ घर भई १० नम्बर राप्तीरोडस्थित दास ईम्पोरियर कपडा पसलका संचालक वर्ष ६१ को बिन्दल दासलाई कपडा खरिद गर्न आएका थिङ लगायत केहि व्यक्तिको समुहले कपडा खरिद गर्ने क्रममा कपडाको मूल्य बढी भयो भन्दै अश्लिल शब्द प्रयोग गरी वादविवाद गर्नुका साथै कपडा संचालकको टाउकोमा काठको बेलना प्रहार गरी गहिरो चोट बनाएको घटनाको अनुसन्धान गर्ने क्रममा थिङलाई पक्राउ गरेको हो।
थिङलाई ज्यान मार्ने उद्योग कसुर मुद्धामा थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गरी खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच