भोजपुर । महुली लघुवित्तले १३ औं स्थापना दिवसको अवसरमा भोजपुरमा पनि वृक्षरोपण कार्यक्रम गरेको छ । शुक्रवार महुलीले जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा फलफुल, धुपी, सल्ला लगायतका बिभिन्न प्रजातीका बिरुवाहरु रोपेको हो ।
विश्वव्यापी तापमान वृद्धि, वायु प्रदूषण लगायत अन्य वातावरणीय समस्यालाई मध्यनजर गर्दै संस्थाले वृक्षरोपण कार्यक्रमलाई विशेष प्रथमिकता दिँदै कार्यक्रम आयोजना गरेको हो । बृक्षरोपण कार्यक्रममा जिल्ला रहेका लघुबित्त संस्थाहरुमा कार्यरत कर्मचारीहरु, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
संस्थाले वृक्षरोपण कार्यक्रम आयोजना गर्दा संरक्षणलाई मुख्य प्राथमिकता दिँदै संरक्षण प्रतिबद्दता जनाएको क्षेत्रहरुमा बृक्षरोपण गर्ने गरेको आयोजक संस्थाले जनाएको छ । बृक्षरोपण कार्यक्रममा लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुर र जिल्ला प्रहरी कार्यालयले सहयोग गरेको लघु बित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष अर्जुन ढुंगानाले बताउनुभयो ।
२०५७ सालदेखि महुली सामुदायिक विकास केन्द्रबाट वित्तीय संस्थाकोरूपमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच