
काठमाडौं । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने विरोध जनाएन ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर विरोध जनाएका हुन् । संसदको कारबाही शुरु गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो । तर रास्वपा र राप्रपाले विरोध जनाइरहँदा संसद अवरोध कायम छ ।
संसदमा गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्नुभएको थियो । बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाउनु भयो । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गर्नुभयो ।
मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताउनु भयो । उहाँले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गर्नुभयो ।
त्यसबेला रास्वपाका सांसदले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए । उनीहरुले गृहमन्त्री लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच