
हेटौंडा । मकवानपुर प्रहरीले चोरीको स्कुटरसहित एकजनालाई पक्राउ गरेको छ ।
बारा जितपुर सिमरा उपमहानगरपालिका -२ सिमरा चोकस्थित बिरगंज पथलैया सडकखण्डमा सर्लाही बैलबाँस नगरपालिका -४ बस्ने वर्ष १९ को निश्चल जंग थापाले स्कुटर चोरी गरी लैजादै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार जेठ ६ गते हेटौंडा - ८ कमाने बस्ने वर्ष र्ष २२ की निस्मा थापाले संचालन गर्दै आएको बा.प्र. ०३-००५ प ३८४६ नं.को स्कुटर आफ्नै घर अगाडी पार्किङ गरि राखेको अवस्थामा चोरी भएको हो ।
उजुरीका आधारमा सिमरा बारासंग समन्वय गरी खोजतलास गर्ने क्रममा बिहिवार २९ गते जिल्ला बारा जितपुर सिमरा बिरगंज पथलैया सडकखण्डमा स्कुटर चोरी गरी लैजादै गरेको अवस्थामा फेला पारेको थियो।
उक्त चोरीको स्कुटर बरामद गरी थापालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा दिन ५ को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच