
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । केही राजनीतिक दलका पार्टी कार्यालयमा तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको उहाँको भनाइ छ ।
उहाँले कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिनुभयो । उहाँले दलका पार्टी कार्यालयहरुलाई कीर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बनाउन लागिएको भन्दै सचेत रहन आग्रह समेत गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सम्भावना बोकेका पार्टी भएकाले यस्ता कार्यमा नलाग्न समेत सुझाउनु भयो ।
उहाँले भन्नुभयो, ‘केही पार्टीका कार्यालयहरुमा नक्कली तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरी लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथिहरुलाई आग्रह गर्न चाहन्छु । र यस्ता अपमानजनक कार्यहरु, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ । तपाईका पार्टी कार्यालयहरु कीर्ते र नक्कली पीडितहरु खडा गर्ने पार्टी कार्यालय बन्दैछन् । यसमा तपाईहरु सचेत हुनुस् । किनभने तपाईहरु सम्भावना बोकेको हुनुहुन्छ । ’
आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको मन्त्री लेखकको जिकिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच