
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले यस्तो बताउनु भएको हो । उहाँले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताउनु भयो । उहाँले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाउनु भयो ।
उहाँले भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानविन आयोेग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै संघर्ष नछाड्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानविन गर्ने समयसीमा पनि छैन । कार्यादेश के हो ? कहिले सम्पन्न गर्ने हो ? यस्तो उदारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा आउँदैन । हाम्रो पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन । त्यही भएर यस्तो उधारो र कमिटमेन्ट नभएको सम्झौतामा हामी सहभागि हुनसक्ने कुनै गुञ्जायस थिएन । सरकारको नियत ठिक भएको भए हाम्रो पाँच बुँदे प्रश्तावबाट संवाद गर्न सकिन्थ्यो । समयसीमामा अलिकति समन्वय गर्न सकिन्थ्यो । त्यसकारण संसदीय छानविन आयोग वा उच्चस्तरीय छानविन आयोगमै हाम्रो अडान थियो । गृहमन्त्रीको राजीनामा पछि आउने गरेर हामी सदासयता देखाउने मनस्थितिमा पनि थियौँ । त्यसकारण आज हामी आजको सम्झौतामा हामी सहमतिमा गएनौँ ।’
सरकार भिजिट भिसाको नाममा हुने गरेको मानव तस्करीको समस्या समाधान गर्न गम्भिर नदेखिएका कारण आफूहरुले आन्दोलन कायमै राखेको उपसभापति वाग्लेको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच