
काठमाडाैं । यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेली पक्राउ गरेको छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई आयोगको टंगालबाट खटिएको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्क कार्यालयका प्रमुख एवं कर्मचारीहरू र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजारदेखि २५ हजारसम्म रकम लिएर लाइसेन्स दिएको उजुरी आयोगमा परेको थियो । सोही विषयको अनुसन्धानका लागि आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
आयोगको टोलीले गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ । पाठकलाई भने यातायात व्यवस्था कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच