हरेक मानिसको आ-आफ्नै पाराको शौख हुन्छ । त्यस्तै कसैलाई कपालको कसैलाई लुगा पोशाकको कसैलाई गहनाको । यहाँ चर्चा गरिँदै छ जुँगेको जुँगाको शौखको । उहिल्यै एउटा गाउँमा एकजना जुँगाका अति शौखिन मानिस थिए । सबैले जुँगे मुख्या बा भनेर चिन्दथे । उनी बेलाबेला मानिसहरूको अगाडि जुँगामा ताउ दिएर देब्रेपट्टि फैलिएको सवा नौको तेर्से जुँगा यसो औंलाले तानेर टुप्पो मुखमा हालेर चेप्दै मुसुक्क हाँसेर जुँगाको पनि आफ्नै इज्जत छ भाइ हो हेरन काला सिरिक्क परेका देख्दैमा मान्छे दङ्ग पर्ने भन्दै बाहिर तानेर मुखमा औला राखेर थुक लाएर बटार्न सुरु गर्थे दुवैतिर अनि भन्थे मर्दनाको चिनु जुँगा जनानाको चिनो थुँगा हाहा गरेर आफैँ हाँस्थे । जुँगे बा कहाँ गएपछि धेरैजसो उनकै कुरा त्यसमा नि जुँगाकै कुरा मान्छे दिक्क हुन्थे ।
परैबाट काली आमाले बुढालाई देखेर भनिन्, ‘ए बुढा तिमी त आयौ, जुँगा खोइ नि ? त्यहीँ जुँगा हराएर त मैले मलाई नै चिनिन र तिमीलाई सोधेको नि, तिमीले त्यही भनेर चिनाइदियौ र पो नत्र म, म नै होइन को हो ? को हो ? भएको नि ।’ ‘सधैँ मेरा जुँगा भनेर फुर्ति लाउँथ्यौ ठुट्याई दिऐछन् बल्ल ठीक भयो, कुचोले गर्ने आँधीले गरिदियो ढुक्क भयो, अब धोबीको धोबी नाउँको नाउँ, आआफ्ना घर थानापतीमा जाऊ बुढा ।’ अहो कस्तो छ यो संसार मान्छेले आफूले आफैँलाई चिन्दैन अलिकति उसमा परिवर्तन आउने बित्तिकै होइन त ? भन्दै साइला बाले कथा तुर्नुभयो ।
थरिथरिका जुँगाका कुरा गर्थे । ठाडा जुँगा निसाफी, तेर्सा जुँगा हिसाबी, घोप्टा जुँगा क्रोधी, दरा जुँगा बाँसजरे, पात्ला जुँगा बिचारे, कैला जुँगा बाघका, काला जुँगा धागका । तर, के गर्नु ठूलाठालु उनै मन कुँडिए नि चित्त नबुझे नि मुखले सोझै कसैले भन्न सक्ने हुति पुग्दैनथ्यो । त्यसैले सबै कि जुँगे बाकै भक्ति गर्थे भजन गाउँथे कि नबोली नबोली मन कुँडिएर कुच्याएर नकराई बस्थे । तर, एक-दुईजना युवाहरूलाई जुँगे बाको फुर्ति पटक्कै मन परेको थिएन । मौकाको पर्खाइमा थिए । कुनै पनि बेला आएपछि मुखिया बाका जुँगा धुस्न्याउने मौका हेरिरहेका थिए । त्यसैले मुखिया बाका दैनिकीमा मौका छोप्न सकिन्छ कि भन्ने ताकमा चनाखो भएर हेर्दैहेर्दै अति गोप्य योजना बनाएर बसेका थिए ।
किनकि घरभन्दा अलिकति पर बोलाएको सुनिने ठाउँमा चौतारी थियो । गर्मीको बेला घरमा बिहानको भात खाएपछि ती जुँगे मुखियालाई चौतारी नगई नि नहुने बानी परेको थियो । मुखिया बाका लागि चौतारीको ठूलो सलक्क परेको फलेक जस्तो छपनीमा सुतेर फेदको पिपलको जरामा सिरानी हालेर निदाउनै पर्ने दैनिकी जस्तै थियो गमीमा । चौतारी पनि शीतल हावा आउने वरपिपल झुपुक्क भएको गैरी चौतारी बाटो हिँड्ने बटुवा पनि एकैछिन् भए नि थकाइ मार्थे र तारिफ गर्दै बाटो लाग्थे चौतारीको । एकदिनको कुरा हो गर्मी अत्यधिक थियो जुँगे बा चौतारीमा गएर त्यही फलैँचे ढुङ्गामा निदाइरहेका थिए । दुई युवाहरू पनि पहिलेको सल्लाह बमोजिम बिरालाको चाल गर्दै चौतारी पुगेर हेरेको त बुढो मस्ती निदाइरहेको देखेर गोजीबाट कैंची झिकेर दुबैले दुईतिरका सवा नौका जुँगा किटीकिटी काटिदिएर टाप ठोके ।
भाते निद्रामा चौतारीको शीतलमा निदाएका जुँगेबा झण्डै घण्टै पछि ब्यूँझे । जतिखेर नि जुँगामा हात पुर्याउने बानी परेका जुँगे बाका हात जुँगामा पु¥याइहाले तर उनका औंलाले जुँगा भेटेनन् । अनि आफूले आफैँलाई सोधे ‘होइन म ? म नै हुँ त के ? म म नै भए त जुँगा हुनुपर्ने ? होइन म । म नै होइन क्यारे कल्ले म निदाएको बेलामा मेरो जिउ साटिदियो ? आ त्यो पनि होइन होला । नत्र म खोइ त ? यहाँ कोही मानिसलाई म जुँगे मुखिया हो त ? भनेर सोध्न नि मान्छे कोही छैन, म छँदा छँदै मेरो जुँगा हरायो भन्न नि खल्तीमा राखेको पैसो होइन ? आफूले आफैँलाई दिवा निद्राबाट ब्यूँझिएर पनि चिन्न नसकेपछि निधो त गर्नैपर्यो म ?’ ‘म नै हो कि होइन काली आमालाई त पक्कै थाहा छ म हो कि होइन उसैसँग चिनाइमाग्नु प¥यो’ भन्ने सोचे । चौतारीको छेउमा निस्किए ।
‘म घरमा छु कि बाहिर ? म घरमा छैन भने र चौतारीकै सियालमा छु भने पक्कै मै हो । यही कुरा निधो गर्न काली आमालाई सोध्नुप¥यो’ भनेर ‘ए काली आमा म घरमा छु कि यहाँ ?’ ‘होइन के भनेको ?’ ‘होइन होइन मलाई भ्रम भयो, यत्ति भन न काली आमा म त्यहाँ कि यहाँ ?’ ‘त्यहीँ हो त्यहीँ हो’ अहो म त मनै रहेछु नानी आमाले भनेपछि पक्का भयो हो म, म नै हो, जुँगा नभएर के भयो ?’ ‘बल्ल चिनाइदिए पछि चिनेँ । म त उहीँको उहीँ पो रहेछु उहीँ पो रहेछु । त्यसै बरालिन पुगेछु । ल अब जान्छु आफ्नै घर अब के होला र खोइ ? जुँगा सम्झेर सरापेर’ भनेर लुरुलुरु आफ्नै घरतिर लागे ।
परैबाट काली आमाले बुढालाई देखेर भनिन्, ‘ए बुढा तिमी त आयौ, जुँगा खोइ नि ? त्यहीँ जुँगा हराएर त मैले मलाई नै चिनिन र तिमीलाई सोधेको नि, तिमीले त्यही भनेर चिनाइदियौ र पो नत्र म, म नै होइन को हो ? को हो ? भएको नि ।’ ‘सधैँ मेरा जुँगा भनेर फुर्ति लाउँथ्यौ ठुट्याई दिऐछन् बल्ल ठीक भयो, कुचोले गर्ने आँधीले गरिदियो ढुक्क भयो, अब धोबीको धोबी नाउँको नाउँ, आआफ्ना घर थानापतीमा जाऊ बुढा ।’ अहो कस्तो छ यो संसार मान्छेले आफूले आफैँलाई चिन्दैन अलिकति उसमा परिवर्तन आउने बित्तिकै होइन त ? भन्दै साइला बाले कथा तुर्नुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि