
सिर्जनाका पारखीहरूको समयाभावको कारणले सिर्जना पनि थोरै समयमा परख गर्न सकिने होस् भन्ने चाहना र अपेक्षा बढ्दै गएको छ । पाठकहरूको यही अपेक्षालाई आत्मसात् गर्दै पछिल्लो समय सर्जकहरूले लघुसिर्जनामा जोड दिन थालेका छन् । पछिल्लो समय लघुसंरचनामा निकै लोकप्रिय बनिरहेको लघुकथामा सर्जकहरू निकै आकर्षित भएका छन् । लघुकथाका पाठकहरूको सङ्ख्या पनि आशातीतरूपमा बढिरहेको छ । लघुकथासङ्ग्रहको प्रकाशन र लोकार्पण पनि नियमित रूपमा भइरहेका छन् ।
लघुकथा सिद्धान्ततः चोटिला हुन्छन् वा हुनुपर्छ भन्ने मान्यता छ । जसले च्वास्स आगोले झैँ पोल्छन् र मस्तिष्कलाई सन्न बनाउँछन् । लघुकथामा हुने व्यङ्ग्यात्मकताले लघुकथालाई थप चोटिलो र प्रभावशाली बनाउँछ । त्यसैले धेरै लघुकथाकारले लघुकथामा त्यो व्यङ्ग्यात्मकताको प्रयोग गर्ने प्रयत्न गरेका हन्छन् । त्यस्तो व्यङ्ग्यले सामाजिक बेथितिमाथि प्रहार गर्ने हुँदा त्यस्तो बेथिति सुधारमा मद्दत पनि पुगेको पाइन्छ ।
साहित्य समाजको ऐना हो । यो ऐनामा समाजको सुन्दर र कुरूप दुवै किसिमको अनुहार देखिन्छ अथवा देखिनुपर्छ । सुन्दर अनुहारको प्रशंसा र कुरूप अनुहारमा सौन्दर्य भर्नका लागि अभिप्रेरित गर्दै सुन्दर समाजको परिकल्पना साहित्यले गरेको हुन्छ । त्यसैले साहित्य पठनबाट पठनको आनन्दमात्रै होइन, सुन्दर समाज निर्माणका लागि प्रेरणा पनि प्राप्त हुन्छ ।
सिर्जनाले पनि सामाजिक रूपान्तरणमा यथेष्ट योगदान गरेको हुन्छ । यस अर्थमा सामाजिक रूपान्तरणमा सर्जकहरूको पनि योगदान हुन्छ । सिर्जनाको माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान गर्ने र गर्दै आएका केही सर्जकहरूको सिर्जना समेटिएको सङ्ग्रह ‘मदुस’ प्रकाशित भएको छ । ‘मदुस’ लाई स्वयं लघुकथाकार एवम् समीक्षक खेमराज पोखरेलले सम्पादन गरेका छन् भने यसलाई स्वदेश प्रकाशनले प्रकाशित गरेको छ । ‘मदुस’ एउटा वजनदार सामुहिक लघकुथासङ्ग्रह हो । यसभित्र स्वदेश र विदेशमा रहेका स्थापित तथा नवोदित लघुकथाकारका २४८ लघुकथासँगसँगै १० वटा अनुदित लघुकथा पनि सङ्गृहीत छन् ।
‘मदुस’ अर्थात् सन्दुक अर्थात् सन्दुस । मदुसभित्र हाम्रा आमाहरूले लुगा खाँदेर राख्नुहुन्थ्यो । लघुकथासङ्ग्रह ‘मदुस’ भित्र चाहिँ धेरै सर्जकका धेरै किसिमका रहरहरू खाँदिएका छन् । त्यसभित्र मूलतः सम्पादकको एउटा गतिलो लघुकथासङ्ग्रह सम्पादन गर्ने रहर खाँदिएको छ भने अरू धेरै लघुकथाकारका रहर खाँदिएका छन् । ती रहरहरूले नेपाली साहित्यको उन्नयनमा एउटा इँटा थप्नेदेखि लघुकथाको माध्यमबाट समाजमा विद्यमान विविध बेथिति–विसङ्गतिमाथि गतिलो प्रहार गर्दै सुधारको अपेक्षा पनि गरेका छन् । अनि ती रहरहरूले पाठकलाई पठनको भरपुर आनन्द प्रदान गर्ने अभीष्ट पनि बोकेका छन् । एउटा असल कर्मको पुञ्ज बनेको छ ‘मदुस’ ।
साहित्य समाजको ऐना हो । यो ऐनामा समाजको सुन्दर र कुरूप दुवै किसिमको अनुहार देखिन्छ अथवा देखिनुपर्छ । सुन्दर अनुहारको प्रशंसा र कुरूप अनुहारमा सौन्दर्य भर्नका लागि अभिप्रेरित गर्दै सुन्दर समाजको परिकल्पना साहित्यले गरेको हुन्छ । त्यसैले साहित्य पठनबाट पठनको आनन्दमात्रै होइन, सुन्दर समाज निर्माणका लागि प्रेरणा पनि प्राप्त हुन्छ । यही मान्यतालाई आत्मसात गर्दै लेखिएको महसुस हुन्छ ‘मदुस’ भित्रका लघुकथाहरू । लघुकथाहरूले अरूको मात्रै होइन, आफ्नै अनुहार पनि हेर्ने अवसर अवसर दिन्छन् अर्थात् अरूलाई चिन्ने ज्ञानसँगसँगै आफैँलाई चिन्ने आत्मज्ञान पनि लघुकथाहरूले दिन्छन् ।
एउटै समय र एउटै समाजलाई हेर्ने दृष्टिकोण र बुझाइ फरक हुनसक्छ । हाम्रो ज्ञान, चेतना र संवेदनाको फरक क्षमताले गर्दा समाज र समयप्रतिको हाम्रो दृष्टिकोण र बुझाइ पनि फरक हुन्छ अनि हाम्रो धारणा र निर्णय पनि फरक हुन्छ । त्यसरी नै भोगाइ र अनुभूति पनि फरक हुन्छ । यस्तै फरक भोगाइ र फरक अनुभूतिहरू ‘मदुस’ भित्रका लघुकथाहरूमा अभिव्यक्त भएका छन् । ती भोगाइ र अनुभूतिहरू हामी बाँचेको समाजभित्रैका भएकाले ती भोगाइ र अनुभूतिहरू साझा भोगाइ र अनुभूति हुन् भन्ने पनि लाग्छ । पाठकले तीभोगाइ र अनुभूतिलाई आफ्नै भोगाइ र अनुभूतिसँग तादात्म्य गरेर सन्तुष्टि र आनन्द लिन सक्छन् ।
‘मदुस’ भित्रका लघुकथाहरूको प्रमुख विशेषता भनेको यसमा निहीत राजनीतिक र सामाजिक व्यङ्ग्यचेत नै हो । विसङ्गत समाज र विकृत राजनीतिप्रति प्रहार गरिएका व्यङ्ग्यले समाजलाई प्रकम्पित तुल्याएको र सुधारका लागि सोच्न र केही गर्न प्रेरित गरेको महसुस हुन्छ ।
‘मदुस’ भित्रका लघुकथाहरूको प्रमुख विशेषता भनेको यसमा निहीत राजनीतिक र सामाजिक व्यङ्ग्यचेत नै हो । विसङ्गत समाज र विकृत राजनीतिप्रति प्रहार गरिएका व्यङ्ग्यले समाजलाई प्रकम्पित तुल्याएको र सुधारका लागि सोच्न र केही गर्न प्रेरित गरेको महसुस हुन्छ । स्वार्थमा जेलिएको राजनीति र राजनीतिक प्रपञ्च, वैध र अवैध प्रेम, यौनप्रतिको आकर्षण र यौनजन्य हिंसा, गरिबीको असहृय पीडा, धार्मिक र सामाजिक विश्वास र अन्धअविश्वास, सामाजिक कर्तब्य र दायित्व, सामाजिक आडम्बर, मान्छेका स्वार्थी प्रवृत्ति, श्रमको शोषण, हराउँदै गएको मानवीय संवेदना, राजनीतिमा देखिएको विश्वासको सङ्कट, आप्रवासनप्रतिको आकर्षण, बेरोजगारीको कहाली, मान्छेमा बढ्दै गएको दव्यमोह, देशप्रेम, स्वतन्त्रता र समानता, जातीय विभेद, जीवन दुरुह बन्दै गएको र भविष्य अनिश्चित बन्दै गएको समयचेत आदि विषय र सन्दर्भ लघुकथाका कथानक बनेर आएका छन् । मान्छेलाई चस्काउने र झस्काउने अनि सोच्न बाध्य पार्ने विषयवस्तु बोकेका लघुकथाहरूले समाज परिवर्तनको अपेक्षा गरेको महसुस हुन्छ ।
केही स्थापित लघुकथारका साथै केही नवोदित लघुकथाकार लघुकथामा पनि विम्बात्मकता र व्यङ्ग्यात्मकताको सन्तुलित प्रयोग भएको पाइन्छ । सिर्जनामा विम्ब, अलङ्कार र कलात्मकता आवश्यक तत्व नै हुन् । यी तत्वको प्रयोगले सिर्जनालाई अझ बढी रोचक, पठनीय र प्रभावशाली बनाउँछन् । बिम्बात्मकता र व्यङ्ग्यात्मकताले पाठकको मनमा कौतुहल जगाउँछ र पठनलाई अझ मिठासयुक्त बनाउँछ । गोविन्द गिरी प्रेरणाको ‘माथि’, ध्रुव मधिकर्मीको ‘नयाँ खेल’, राजवको ‘यो शताब्दीमा बाँचिरहेको क्रुर’ आदि विम्बात्मक र व्यङ्ग्यात्मक हुनुका साथै समयचेत भएका निकै प्रभावशाली लघुकथा हुन् । ‘मदुस’ भित्र यस्ता लघुकथा अरू पनि छन् ।
लघुकथाकारको पहिचान र लघुकथासङ्ग्रहको आकार/आयतनलाई हेर्दा यो सङ्ग्रह नेपाली लघुकथा लेखनको एउटा दस्तावेज नै सावित हुनेमा विश्वस्त हुन सकिन्छ । यद्यपि सङग्रह तयार पार्ने क्रममा सम्पादकले लघुकथा छनोटमा भन्दा सङ्कलनमा बढी ध्यानकेन्द्रित गरेको अर्थात् सेलेक्सन भन्दा कलेक्सनलाई बढी प्राथमिकता दिएको महसुस हुन्छ । छनोटलाई भन्दा सङ्कलनलाई बढी प्राथमिकता र महत्व दिएपछि पुस्तकको आकार÷आयतन बढ्नु अस्वाभाविक होइन ।
यसो त कुनै पनि सम्पादकका आफ्नै सीमा पनि हुन्छन् । धेरै लेखकले आफू पनि समेटिने रहर गर्ने र सम्पादकले त्यो रहरलाई कदर गर्नैपर्ने बाध्यता पनि हुन्छ । लेखकले सङ्ग्रहमा आफू छुट्न नचाहने रहर गर्ने र सम्पादकले पनि कसैलाई छुटाउन नहुने वा छुटाउन नसकिने बाध्यताले गर्दा अथवा सकेसम्म धेरैलाई समेटौँ र धेरैलाई खुशी पारौँ अथवा धेरैलाई लेखनमा प्रोत्साहित गरौँ भन्ने असल अभीष्ट राख्नु अनुचित पनि होइन । यसरी धेरै लेखकलाई समेट्नैपर्ने रहर वा बाध्यताले गर्दा पनि पुस्तकको आकार/आयतन बढ्ने गर्छ । यो सङ्ग्रहको हकमा पनि यही कुरा लागु भएको यो पङ्क्तिकारको अनुमान छ ।
एकदिनको कुरा हो गर्मी अत्यधिक थियो जुँगे बा चौतारीमा गएर त्यही फलैँचे ढुङ्गामा निदाइरहेका थिए । दुई युवाहरू पनि पहिलेको सल्लाह बमोजिम बिरालाको चाल गर्दै चौतारी पुगेर हेरेको त बुढो मस्ती निदाइरहेको देखेर गोजीबाट कैंची झिकेर दुबैले दुईतिरका सवा नौका जुँगा किटी किटी काटिदिएर टाप ठोके ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच