
डा.वानीरा गिरि नेपाली साहित्यको कविता फाँटमा एउटा बेग्लै/अग्लो स्थानमा कायम रहेको नाम हो । उहाँ भौतिक रूपले हाम्रो सामु नरहे पनि उहाँका सिर्जनाहरूका कारण उहाँको नाम साहित्य-भूमिमा कहिल्यै नमेटिने गरेर अङ्कित भएको छ । एक दर्जनभन्दा बढी पुस्तकका रचनाकार गिरिका प्रत्येक पुस्तकहरू तुलानात्मक रूपले कुनैभन्दा कुनै पनि कम स्तरका छैनन् । मूलतः कविता लेख्न रुचाउने उहाँको कलम निबन्ध, उपन्यासका अतिरिक्त कथा-लेखनमा पनि चलेको पाइन्छ ।
यद्यपि, प्रत्येक लेखन चाहे त्यो कविताबाहेकका निबन्ध होस्, या उपन्यास अथवा कथा नै किन नहोस् तिनमा कवितात्मक शैली रहनु उहाँको लेखनको विशेषता हो । र, त्यसभन्दा पनि महत्वपूर्ण विशेषता भनेको-उहाँको शैलीमा रहेको मौलिकपन सदैव समान रहेको पाइन्छ चाहे त्यो उहाँको प्रथम प्रकाशित कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ मा होस् या पछिल्लो निबन्धसङ्ग्रह ‘जङ्गल जङ्गल’ मा होस् । यहाँ सन्दर्भ छ- पहिलो कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ को ।
विसं २०३१ मा प्रकाशित यो कवितासङ्ग्रह फेरि अहिले दोस्रो पटक अत्यन्तै आकर्षक नयाँ गेटअपका साथ पुनर्मुद्रण भएर आएको छ । वानीरा फाउण्डेशनले प्रकाशन गरेको प्रस्तुत कवितासङ्ग्रह आज पाँच दशकभन्दा पछि फेरि नयाँ पुस्तकको रूपमा पढ्न पाउँदा कविताका पारखीहरू अवश्य नै लाभान्वित हुनेछन् भन्नेमा कुनै शङ्का छैन । त्यो यसकारण पनि कि सङ्ग्रहमा समाविष्ट कविताहरू पढ्दा यी कविताहरू त्यति समयअगाडि लेखिएका हुन् र ? भन्ने भान पर्न जान्छ ।
‘यहाँ सडक भत्काइन्छ
र सडक पिच गरिन्छ
यहाँ खाडल खनिन्छ
र खाडल पुरिन्छ
तर असन्तोषलाई पिच गर्न सकिन्न क्यारे
असन्तोषलाई पुर्न सकिन्न क्यारे !...’
कविताहरू आयतनको हिसाबले सामान्तः केही लामा छन् । तर, कविता पढ्दै जाँदा त्यस्तो कहीँ–कतै पनि आभास पटक्कै हुँदैन । कुनै पनि कविता पढ्न सुरु गरिसकेपछि त्यो यसरी सलल बग्छ कि समाप्त नहोउन्जेल पाठक अत्यन्त रोमाञ्चित भइरहन्छ । कविता अन्त भइसक्दा पनि नसकिएको भए हुन्थ्यो भन्ने लागिरहनु कवितामा रहेको शक्तिको प्रमाण प्रत्येक कविताले दिन्छ । यस्तो बलियो पकड केही अपवाद छाडेर सामान्यतः अन्यका कवितामा पाइँदैन । सङ्ग्रहमा समाविष्ट ‘एउटा अभिव्यक्ति ः विधवा रात’ शीर्षकको कविताका केही पङ्क्ति :
“यो रात एक ‘अभिव्यक्ति’ हो आफैँसित
एक ‘उच्छ्वास’ हो आफैँसित
एक ‘बहुलट्ठी’ हो आफैँसित
एक ‘व्यथा’ हो आफैँसित
एक ‘नग्नता’ हो आफैँसित
एक ‘चोट’ हो आफैँसित
एक ‘मलामी’ हो आफ्नै लाशको ।...’
लेखनमा जति स्पष्टता झल्किन्थ्यो उहाँको, त्योभन्दा कहाँ हो कहाँ जटिलता देखिएको महसुस गर्थेे-देख्नेहरूले उहाँको व्यवहारमा । कतिपयले भन्ने गरेको सुनेको छु मैले-‘एउटा कविमा हुनुपर्ने चरित्र छैन उनमा, अत्यन्तै अभिमानी छन् उनी ।’ वास्तवमा, उहाँ एकदम सहज हुनुहुन्थ्यो, सङ्गत गरेपछि मात्रै त्यो थाहा पाइन्थ्यो । उहाँ भन्नुहुन्थ्यो खुलेरै- ‘म कवि हुँ ।’ मलाई लाग्छ, यो भनाइ नै उहाँको व्यक्तित्वको परिचय हो । उहाँ साँच्चैको कवि हुनुहुन्थ्यो । यहाँ, ताइँ न तुइँको तथाकथित कविता लेखेर कवि कहलाइएर हिँड्ने पाखण्डीहरूको अगाडि साँच्चैको वास्तविक कविता लेखेर हिँड्ने वानीरा गिरिले आफूलाई कवि हुँ भन्दा के अभिमान भयो ? त्यो त एउटा कविको ‘स्वाभिमान’ हो ।
‘... एउटा तिर्खा, एउटा छट्पटी
एउटा रात, एउटा अँध्यारो
एउटा- सबैभित्र पनि एउटा
मेरो जिन्दगी पनि केवल एउटा न हो...
होइन, म एउटा केस्रा होइन
मेरा जिन्दगीका भागहरूलाई
मेरा व्यक्तित्वका झिल्काहरूलाई
केस्रा-केस्रामा नछुटाइदेऊ !...’
वानीरा गिरिका कवितामा, प्रायः कविता भनेर लेख्ने गरिएका कथित कवितामा जस्तो पाखण्डको किञ्चित अंश पाइँदैन । उहाँ आफूलाई जे देख्नुहुन्छ त्यही अभिव्यक्त गर्नुहुन्छ र अरूलाई पनि यसको जस्तो चरित्र देख्नुहुन्छ त्यही खुलस्त लेखिदिनुहुन्छ । यो निर्भीकता र निडरता नै डा.वानीरा गिरिको पर्यायवाची शब्द हो । प्रसङ्गवश यो एउटा उदाहरण : वानीरा गिरिका कवितामा, प्रायः कविता भनेर लेख्ने गरिएका कथित कवितामा जस्तो पाखण्डको किञ्चित अंश पाइँदैन । उहाँ आफूलाई जे देख्नुहुन्छ त्यही अभिव्यक्त गर्नुहुन्छ र अरूलाई पनि यसको जस्तो चरित्र देख्नुहुन्छ त्यही खुलस्त लेखिदिनुहुन्छ । यो निर्भीकता र निडरता नै डा. वानीरा गिरिको पर्यायवाची शब्द हो ।
प्रसङ्गवश यो एउटा उदाहरण : वानीरा गिरिका कवितामा, प्रायः कविता भनेर लेख्ने गरिएका कथित कवितामा जस्तो पाखण्डको किञ्चित अंश पाइँदैन । उहाँ आफूलाई जे देख्नुहुन्छ त्यही अभिव्यक्त गर्नुहुन्छ र अरूलाई पनि यसको जस्तो चरित्र देख्नुहुन्छ त्यही खुलस्त लेखिदिनुहुन्छ । यो निर्भीकता र निडरता नै डा.वानीरा गिरिको पर्यायवाची शब्द हो ।
प्रसङ्गवश यो एउटा उदाहरण : उहाँको एउटा कवितासङ्ग्रह छ ‘काठमाडौँ काठमाडौँ’ । ०६८ सालमा प्रकाशित यो पुस्तकभित्र-सुरुकै पृष्ठमा एउटा ‘विशेष धन्यवाद ज्ञापन’ गरेको वाक्य छ । बडो आकर्षित पाराले मीठो र त्योभन्दा पनि बढी व्यङ्ग्यात्मक तवरलेत्यहाँ लेखिएको छ- ‘धन्यवाद ! प्राज्ञ, तिलविक्र नेम्बाङ उर्फ बैरागी काइँलाज्यू ! कमसेकम मुसाको आहार भएन रहेछ । के यो सानु उपलब्धि हो र मेरो निम्ति ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच