
‘प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको जीवन गाथा प्रकाशित भएको छ ‘प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठ जीवन गाथा’ शीर्षकमा । तुलसीनारायण खमु श्रेष्ठ नेपालको प्रजातन्त्रका प्राप्तिका लागि लामो समयसम्म लागि पर्नुभएका एकजना प्रतिबद्ध व्यक्ति हुनुहुन्छ । उहाँ व्यापारिक घरानाका व्यक्ति हुनुहुन्छ तर आफ्नो व्यापारबाट गरेको आर्जन समाजसेवी कार्य, राजनीतिक नेता-कार्यकर्ता तथा पार्टीलाई सहयोग र आश्रय दिने क्रममा खर्च गर्नुभयो । उहाँ प्रजातन्त्र सेनानी हुनुहुन्छ तर कहिल्यै पनि पद प्राप्तिको चाहना राख्नुभएन ।
गणेशमान सिंहलगायत नेताहरूको निकटमा रहेर पञ्चायतकालभरि नेपाली कांग्रेस पार्टी र प्रजातन्त्रका लागि आफ्नो अभियानमा लागिरहनुभयो । प्रजातन्त्रका लागि प्रतिबद्ध यस्ता व्यक्ति, तुलसीनारायण श्रेष्ठका बारेका लेखिएको पुस्तक हो यो । यस पुस्तकका लेखक, संकलक सम्पादक बालकृष्ण दाहाल तथा कुमार रञ्जित हुनुहुन्छ । पुस्तकको प्रकाशक नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश कार्यसमिति रहेको छ । सर्वाधिकार प्रकाशकमा छ भने प्रथम संस्करण हो, जो हालैमात्र २०८२ साल जेठमा सार्वजनिक भएको छ ।
पुस्तक १००० सङ्ख्यामा प्रकाशित भएको जनाइएको छ । आवरण तथा लेआउट प्रवेश राईको छ भने मुद्रण बाबु प्रिन्ट एन्ट सप्लायर्स प्रा.लि.पुतलीसडक काठमाडौं रहेको छ । पुस्तक डिएमआई साइजमा नरम तथा कडा आवरण (हार्ड कभर) दुबैमा छ । छपाइ स्तरीय छ भने स्तरीय कागजको प्रयोग भएको छ । अशुद्धिहरू कम छन् । पुस्तकमा भूमिकाखण्डमा २४ तथा पाठ्यखण्डमा ९८ तथा तस्वीर खण्डमा... गरी जम्मा....पृष्ठ छन् । यसको मूल्य संस्थागत ५०० र व्यक्तिगत ३०० तथा हार्ड कभरमा १००० रुपैयाँ छ ।
गुणवत्ता र स्तरीयताका आधारमा यो पुस्तक उच्च महत्वको छ । तुलसीनारायण श्रेष्ठका बारेमा जान्न त यो पुस्तक उपयोगी छँदैछ साथै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास बारे जानकारी राख्न चाहनेका लागि उपयोगी सन्दर्भ सामग्री बन्नसक्ने कुरामा दुई मत रहँदैन ।
आवरण पृष्ठमा पुस्तकका नायक तुलसीनारायण खमु श्रेष्ठको पूर्ण पृष्ठको फोटो राखिएको छ । ठूला सेता अक्षरमा ‘प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठ जीवन गाथा’ भनिएको छ । साथै तल साना अक्षरमा यस पुस्तकको लेखक सम्पादक द्वयको नाम दिइएको छ । पृष्ठ आवरणमा बीपी कोइराला, गणेशमान सिंह, शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रदीप पौडेल, किशोर नेपाल तथा स्वयम् तुलसीनारायण श्रेष्ठका भनाइ राखिएका छन् । साथै प्रकाशक संस्थाको नाम उल्लेख छ ।
भित्र उहाँका परिवारका अग्रजहरूका फोटा राखिएका छन् र त्यसपछि शुभकामना राखिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, मन्त्री प्रदीप पौडेल, कृष्ण बानियाँ, सन्तोष चालिसे, गोकर्णोश्पर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, प्रजातन्त्र सेनानी संघका बागमती प्रदेश अध्यक्ष गोविन्दप्रसाद गजुरेलहरूका शुभकामना तथा सन्देशहरू दिइएका छन् । त्यसपछि लेखकीय तथा प्रकाशकीय र विषय सूची छ । यसमा पहिलो खण्डमा जीवनी, दोस्रो खण्डमा तुलसी नारायणका सन्दर्भमा विभिन्न महानुभावका महत्वपूर्णा विचार तेस्रो खण्डमा आफ्नै परिवारका दृष्टिमा तुलसीनारायण र मैयाँदेवीको छ । सन्दर्भ सूचीअन्तर्गत खण्ड चारमा वंशावली, पाँचमा तस्वीर, छ मा प्रमाण पत्रहरू, सम्मानपत्र र चिठीहरू समेटिएका छन् ।
पहिलो खण्ड अथवा जीवनी खण्डमा उहाँको जीवनी झल्किने विभिन्न सन्दर्भको उल्लेख भएको छ । उहाँको दैनिकी भ्रमण, संबद्धता, सोख, व्यवहार र संस्कार, आनीबानीलगायतका विभिन्न कुरा समेटिएका छन् । दोस्रो खण्डमा केही महत्वपूर्ण व्यक्तिहरूको उहाँप्रतिको दृष्टिकोण प्रस्तुत भएको छ । जसमा किशोर नेपाल, गोविन्द दाहाल, शिव घिमिरे, दिवाकर न्यौपाने, माधव खनाल, डा.शेखर अर्याल, रमेश रेग्मी, गोपाल गेलाल, सुरेश जोशी र नरोत्तम वैद्य रहनुभएको छ । तेस्रो खण्डमा उहाँको आफ्नै परिवारका सदस्यको दृष्टिकोणमा मूल्याङ्कन गरिएको छ । चौथो खण्डमा उहाँको वंशावली दिइएको छ । त्यसपछि पाँचौं खण्डमा उहाँका पारिवारिक तथा राजनेतासँगका तस्वीर धेरै ठूलो सङ्ख्यामा समेटिएका छन् भने छैटौं खण्डमा उहाँले विभिन्न सन्दर्भमा प्राप्त गर्नुभएका प्रमाणपत्र, तस्वीर र चिठीपत्रहरू रहेका छन् ।
गुणवत्ता र स्तरीयताका आधारमा यो पुस्तक उच्च महत्वको छ । तुलसीनारायण श्रेष्ठका बारेमा जान्न त यो पुस्तक उपयोगी छँदैछ साथै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास बारे जानकारी राख्न चाहनेका लागि उपयोगी सन्दर्भ सामग्री बन्नसक्ने कुरामा दुई मत रहँदैन । यस्तो व्यक्तिका बारेमा यो पुस्तक तयार पारेर लेखक सम्पादकहरूले राम्रो काम गर्नुभएको छ । यसको प्रकाशक नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश कार्यसमिति काठमाडौँले पनि प्रशंसनीय काम गरेको छ । यसका लागि संलग्न व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद छ । साथै यस्ता सत्प्रयास फेरि फेरि पनि भइरहून् हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच