
काठमाडाैं । बलिउडका चर्चित अभिनेता अक्षय कुमार, रितेश देशमुख र अभिषेक बच्चन अभिनित कमेडी फिल्म ‘हाउसफुल ५’ ले आलोचना र विवादका बाबजुद बक्स अफिसमा जबरजस्त कमाइ गर्न सफल भएको छ। तरुण मनसुखानीद्वारा निर्देशित यो फिल्म ६ जून २०२५ मा रिलिज भएको थियो।
फिल्मले हल्का स्तरको ह्युमर, दोहोरो अर्थ लाग्ने संवाद र महिलालाई वस्तुका रूपमा प्रस्तुत गरेको आरोप खेपिरहेको भए पनि, दर्शकहरूको ठूलो हिस्साले मनोरञ्जनको रूपमा स्वीकार गरेपछि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
८ दिनमै विश्वभर २०० करोड पार
फिल्मले पहिलो सातामा भारतमा मात्रै १२७.२५ करोड रुपैयाँ नेट कमाइ गर्यो भने ग्रस कमाइ १५२.५० करोड रुपैयाँ रहेको छ। विश्वभरबाट यसको कमाइ १९६ करोड रुपैयाँ पुगेको थियो।
दोस्रो शुक्रबार (रिलिज भएको ८औं दिन) मा पनि फिल्मले भारतमा ६ करोड रुपैयाँ कमाउँदै, कुल विश्वव्यापी कमाइ २०० करोड नाघेको छ।
फरक क्लाइमेक्ससहित दुई संस्करण
हाउसफुल ५ ले अघिल्ला चार फिल्मका रमाइला तत्वहरूलाई समेटेर यसपटक कथामा मर्डर मिस्ट्री पनि जोडिएको छ। फिल्मको अधिकांश हिस्सा क्रुजमा आधारित छ, जहाँ पात्रहरूबीचका हास्य संवादसँगै एक सिरियल किलर पनि समेटिएको छ।
चाखलाग्दो कुरा के छ भने फिल्म दुई फरक संस्करणमा रिलिज गरिएको छ— हाउसफुल ५ए र हाउसफुल ५बी, जसमा दुबैको क्लाइमेक्स फरक-फरक छ, र सिरियल किलर पनि फरक पात्र हुन्छ।
फिल्ममा मुख्य कलाकारको रूपमा अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख छन् भने उनीहरूलाई साथ दिएका छन्– जैकलीन फर्नान्डिज, सोनम बाजव रहेका छन् । त्यस्तै नरगिस फाखरी, संजय दत्त, जैकी श्रॉफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पाण्डे, जॉनी लिवर, श्रेयस तलपडे, डिनो मोरिया, रञ्जित, सौन्दर्या शर्मा, निकितिन धीर र आकाशदीप साबिर पनि फिल्ममा छन् ।
अहिलेसम्मको व्यापार हेर्दा, आलोचना बेवास्ता गर्दै हाउसफुल ५ ले व्यावसायिक रूपमा शानदार प्रदर्शन गरिरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच