
काठमाडौं । इरानमा इजरायलले गरेको आक्रमणको चीनले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठकमा चीनका प्रतिनिधि फू कोङले इजरायलले इरानको सार्वभौमिकताको उल्लंघन गरेको बताउनुभएकाे हाे ।
बीबीसीका अनुसार शनिबार बसेको परिषद्को बैठकमा उहाँले इरानको सुरक्षा र भौगलिक अखण्डताको हनन भएको बताउनुभएकाे छ। फूलेले आणविक आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्न पाउने इरानको अधिकारलाई सम्मान गर्नुपर्ने पनि बताउनुभयाे ।
इजरायलले आक्रमणले जारी आणविक वार्तामा नकारात्मक प्रभाव पारेको बेइजिङको भनाइ छ । बेइजिङले इजरायललाई तत्काल सबै सैन्य कारबाही रोकेर तनावलाई नबढाउन आग्रह गरेको छ ।
चीन तेहरानको एक प्रमुख साझेदार हो । विशेषगरी, ऊर्जा र पूर्वाधारका क्षेत्रमा दुई देश साझेदारी गर्दै आएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच