
काठमाडाैं । इरानका सर्वोच्च नेता अली खामेनीले शुक्रवार इरानमा इजरायली हवाई आक्रमणपछि इजरायलले कडा सजाय पाउने चेतावनी दिनुभएको छ । इजरायलले आक्रमणको मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ । इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेखारचीले सरकारी सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्तामा इजरायलले कारबाहीको लागि ठूलो मूल्य चुकाउने बताउनु भयो ।
इरानको इस्लामिक रिभोलुसन गार्डस् कोप्रस्का प्रमुख कमाण्डर हुसेन सलामी, इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी र इरानको खातम अल-अन्बिया केन्द्रिय मुख्यालयका कमाण्डर घोलम अली रशिदसहित धेरै वरिष्ठ सैन्य कमाण्डरहरूको हवाई आक्रमणमा मारिएका छन् ।
इजरायली हवाई आक्रमणमा कम्तिमा दुई इरानी आणविक वैज्ञानिकहरू पनि मारिएका छन् । जसलाई मोहम्मद मेहदी तेहरानची र फेरेदौन अब्बासी भनेर चिनिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच