
काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको बताउनुभएको छ ।
सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गर्नुभएको हो । कृषिमन्त्री अधिकारीले ग्रामिण तहमा सामुदायिक क्याम्पस नभएको भए लोकतन्त्रमाथि प्रश्नचिन्ह खडा हुने बताउनु भयो ।
सामुदायिक क्याम्पसहरुकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्ने बताउनु भयो । उहाँले युवाहरु विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्युनिकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गर्नुभयो । उहाँले युवाहरुलाई स्वदेशमै बस्ने परिस्थिति बनाउन सरकारले काम गरिरहेको बताउनु भयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् । हामीले युवाहरुलाई यहीँ बस्ने, ति युवाहरुको बसोवास यहीँ रहने, बाहिरिने परिस्थितिबाट अन्त्य हुनसक्छ । शिक्षा ऐन जारी गर्न शिक्षामन्त्रीज्यु आएको दिनदेखि नै सक्रिय रुपमा लाग्नुभएको छ । हामीले देखिरहेका छौँ । यदी ग्रामिण तहमा यो पब्लिक क्याम्पस खुलेको थिएन भने नेपाली जनताले लढेर ल्याएको डेमोक्रेसीमाथि अनेक प्रश्नचिन्ह खडा हुन्थ्यो । यही कारणले लोकतान्त्रिक गणतन्त्र बाँचेको छ र बँचेको छ । यस्ता संस्थालाई हामीले बचाउनु पर्छ । यो जिम्मेवारी हामीसँग छ ।’
मन्त्री अधिकारीले त्रिभूवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसको भरमा मात्रै रहेको भए गणतन्त्र सुरक्षित हुन नसक्ने जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच