काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबै क्रियाशिल सदस्यहरुबाट प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्रियाशिल सबै सदस्यहरुबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको बताउनु भयो । उहाँले अहिले नेपाली काँग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य रहेको बताउनु भयो । उहाँले क्रियाशिल सबै सदस्यहरुबाट काँग्रेसको सभापति छान्ने व्यवस्था गर्नसके गुट ध्वस्त हुने जिकिर गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘सबै साथीहरु तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ । नेपाली काँग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य छौँ । यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल । हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशिल मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ । त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौंमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौं । १२ लाख मान्छेलाई यदी हामी बुथमा निकाल्छौँ र उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ । किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने । सिधै त्यो १२ लाख मान्छेले काँग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल । १२ लाख मान्छेबाट निर्वाचित भएको काँग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त । त्यो सकियो । होइन भने गुट त बन्छ, जति भाषण गरे पनि ।’
महामन्त्री थापाले माथिदेखि तलसम्म गुटले पार्टीलाई ध्वस्त बनाएको जिकिर गर्नुभयो ।
०८३ को मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गर्नुभएको छ ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गर्नुभयो ।
उहाँले महाधिवेशन सार्न नेपाली काँग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बतउनु भयो । काँग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मंसिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने स्पष्ट पार्नुभयो । त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने बताउनु भयो । जति सक्दो क्रियाशिल सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘हामी २०८३ साल मंसिर भन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरु कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस् । नेपाली काँग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरु एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोईराला, शशांक कोईरला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भनेपनि त्यो अदालतले लगेर देखाइदिन्छ । पाइँदैन । कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन । नयाँ नाम फेरे पाइन्छ । अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पु¥याउनु हुन्न । त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ । सकेसम्म अगाडि तान्नुपर्छ । तपाईंहरुले जति छिटो क्रियाशिल सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौँ ।’
महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताउनु भयो । नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने बताउनु भयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…