
काठमाडौं । जुन महिना अर्थात् प्राइड मन्थ को अवसरमा आज राजधानी काठमाडौंको सडकहरूमा विविध रंगका झण्डाहरू फर्फराउँदै उत्साहपूर्ण -याली सम्पन्न भयो। शान्तिवाटिकाबाट दिउँसो २ बजे सुरु भएको यो -यालीमा सहभागीहरू नाच्दै, गाउँदै, हाँस्दै, आफ्ना पहिचान र स्वतन्त्रतालाई गर्वका साथ सार्वजनिक रूपमा देखाउँदै अगाडि बढे।
उक्त -याली शान्तिवाटिकाबाट सुरु भएर सहरका विभिन्न सडक हुँदै नारायणचौरमा पुगेर समापन भयो। सहभागीहरूका हातमा रङ्गीचङ्गी प्राइड झण्डा, आकर्षक पोस्टर र प्लेकार्डहरू देखिन्थे। सडकमा लय र मस्तीले भरिएको दृश्य थियो—कसैले गीत गाउँदै थिए, कसैले नाच्दै, त कसैले साथीहरूसँग हात समाएर उल्लास प्रकट गरिरहेका थिए।
नारायणचौरमा पुगेर -याली एउटा सांस्कृतिक कार्यक्रममा परिणत भयो। यहाँ प्राइड समूहका विभिन्न सदस्यहरूले नृत्य, गायन र अभिनय प्रस्तुत गर्दै भीडलाई रोमाञ्चित बनाए। सबै जना एकअर्कालाई अँगालो हाल्दै, खुसी साट्दै, आफ्नो पहिचान र अधिकारको उत्सव मनाइरहेका थिए।
यस अवसरमा चर्चित डिजिटल कन्टेन्ट क्रिएटर र फेसन ब्लगर पराक्रम राणासँग संक्षिप्त कुराकानी गर्ने मौका पाइयो। पराक्रम, जो हाल मुम्बईमा बसेर फेसन स्टाइलिस्टको रूपमा स्थापित हुँदै गएका छन् र थुप्रै बलिउड हस्तीसँग काम गरिसकेका छन्, आजको ¥यालीमा निकै उत्साहित देखिन्थे।
“प्राइड भनेको उत्सव हो, आन्दोलन हो र स्वतन्त्रता हो,” उनले भने। प्राइड ¥यालीमा सहभागी हुँदा आफूलाई अत्यन्त रमाइलो र ऊर्जावान महसुस भएको उनले बताए।
“हामीसँग आउनुस्, हामीलाई हेरौं, हामीसँग रमाउनुस्, जीवनलाई खुशीसाथ मनाउनुस्अ रूलाई नआठाई। एकअर्कालाई स्वीकार गर्ने उदाहरण बन्न सकौं।”
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि अझै कस्ता चुनौतीहरू छन् भन्ने प्रश्नमा उनले भने, “सर्वोच्च अदालतले पारित गरेका कानुनहरूको कार्यान्वयन अझै ठूलो चुनौती हो। हामीले अझै पनि क्वियर अधिकार र क्वियर जीवनको सुरक्षा चाहन्छौं।”
आजको ¥यालीले के आशा जगायो भन्ने जिज्ञासामा उनले उत्तर दिए, “अर्कोचोटि अझ धेरै मानिसहरू सहभागी होऊन् भन्ने चाहन्छु। हामीलाई साथीहरू चाहिन्छ, एलायहरूको साथ चाहिन्छ। बढी भीड, बढी रमाइलो।”
उनको मूड कस्तो छ भनेर सोध्दा उनले भने, “अहिले त निकै रमाइलो छ। आज हामी आफ्नो वास्तविक अस्तित्वलाई सेलिब्रेट गर्दैछौं र सँगै विश्वप्रतिको सहानुभूति पनि महसुस गरिरहेका छौं।”
शब्द- ममून के.सी.
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच