काठमाडौं । इरान र इजरायलबीचको तनावले जटिल मोड लिएको छ। शुक्रबार सबेरै बिहान इजरायलले इरानमा मिसाइल आक्रमण गरेयता मध्यपूर्वमा तनाव चुलिएको छ ।
इरान र इजरायल दुवै देशमा ठूलो जनधनको क्षति भएको छ। दुवैतर्फ २० जना बालबालिकासहित कम्तीमा ८० जना मारिएका छन् । इजरायलमा ४ जना मारिएको पुष्टि भएको छ। अन्य सयौंजना घाइते भएका छन्।
इरानले इजरायलमाथि गरेको मिसाइल हमलामा तेल अभिवस्थित इजरायली रक्षा मन्त्रालयमा पनि क्षति पुगेको छ । इरानको मिसाइल ‘किर्या कम्पाउण्ड’मा खसेको पुष्टि अमेरिकी सञ्चार संस्था फक्स न्युज र न्यूयोर्क टाइम्सले गरेका छन्।
उक्त क्षेत्रमा रहेको मार्गानित टावरनजिकै विस्फोट भएका फुटेजहरू सामाजिक सञ्जालमा फैलिएका छन्।यद्यपि, इजरायली सञ्चारमाध्यमहरूले यसबारे कुनै समाचार प्रकाशित गरेका छैनन्। विज्ञहरूका अनुसार यस्तो सैन्य गोपनीयता र सञ्चार प्रतिबन्ध इजरायली सुरक्षा नीतिअन्तर्गत लागू गरिएको हो।
रक्षा मन्त्रालयमा पुगेको क्षतिबारे फक्स न्युजको प्रत्यक्ष प्रसारणका क्रममा इजरायली सुरक्षाकर्मीहरूले संवाददातालाई त्यस क्षेत्रबाट हटाउनुभएकाे थियाे। उहाँहरूले थप रेकर्डिङ गर्न पनि पत्रकारलाई रोक लगाउनुभएकाे थियाे।
यस हमलालाई इरानले इजरायलबाट गरिएको हवाई आक्रमणको प्रतिशोधको रूपमा लिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई चेतावनी दिँदै तेहरान जल्ने बताउनुभएकाे छ।
दुई देशको तनावले क्षेत्रीय युद्धको खतरा बढाएको छ । हिजबुल्लाह, हमास, सिरिया र अमेरिकाजस्ता शक्ति केन्द्रहरू यस युद्धमा तानिन सक्ने सम्भावना बढेको छ।






फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा
‘महाराजधिराज’का लागि पुष्पको सिक्स प्याक