झापा । निर्माणाधीन बेलिब्रिज भाँचिएर घाइते हुनुभएको ६ जना मध्ये तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने निर्माणाधीन हेंवा खोलाको बेलिब्रिज शनिबार साँझ भाचिँदा ६ जना घाइते हुनुभएको थियो ।
मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका –१२ का २२ वर्षीय रूपलाल चौधरी, सोही ठाउँका २७ वर्षीय राजन चौधरी र २२ वर्षकै राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उहाँहरुको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले पुष्टि गर्नुभयो ।
उहाँहरुको राति २ बजेतिर मृत्यु भएको हो । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ । दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
उहाँहरु सहित सोही ठाउँ (बारा) का २५ भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । घाइते छ जनालाई जिल्ला अस्पताल पाँचथरले थप उपचारका लागि नोबेल अस्पताल रेफर गरेको थियो ।
२०८० साल असार २ गते आएको बाढीले हेंवा खोलाको पुल बगाएपछि बेलिब्रिज बनाउने काम भइरहेको थियो । पहिलो पटक बनाइएको बेलिब्रिज २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक बेलिब्रिज बनाउइदै थियोे । निर्मणाको अन्तिम चरणमा रहेको पुला भाँचिनुको कारण खुल्न सकेको छैन ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर