काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रस्तुत हुनुभएको बताउनु भयो । उहाँले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताउनु भयो । अहिलेका गृहमन्त्रीलगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रश्तुत हुनुभयो । हामी मानव बेचविखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानविन समिति बन्नुपर्छ । छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्छ । गृहमन्त्रालय र सरकारले छानविन समिति नबनाएसम्म छानविन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ ।’
प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने स्पष्ट पार्नुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच