
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक दम्पतीबीचको सामान्य घरायसी झगडा ज्यान लिने घटनामा परिणत भएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले आफ्नै श्रीमानको हत्या गरेकी हुन् ।
प्रहरीकाअनुसार शनिबार साँझ श्रीमान-श्रीमतीबीच घरायसी विवाद भएको थियो । सोही विवादका कारण मेखमायाले राति सुतेका अवस्थामा श्रीमान ३८ वर्षीय रामु कुमालमाथि धारिलो हतियार (दाउ) प्रहार गरेकी हुन् । राति करिब १२ः३५ बजे श्रीमानको टाउकोमा दाउले प्रहार गर्दा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आईतबार बिहानै घटनाको सूचना पाउने बित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर मेखमायालाई हत्यामा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिएको छ । हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि, हत्याको कारण र प्रक्रिया बारेमा विस्तृत अनुसन्धान अघि बढाएको छ । घरेलु झगडा ज्यान लिने अवस्थामा पुगेको यो घटनाले गाउँमा समेत सनसनी फैलिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच