
काठमाडाैं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको पाठ सिकाउन मिल्छ भन्दै प्रश्न गर्नुभएको छ ।
आईतवारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रश्तुत गर्न आग्रह गर्नुभयो ।
उहाँले रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा नबाहिरिएको बताउँदै रास्वपाको संसदीय दलको नेतामा अहिले पनि निलम्वित सांसद लामिछाने नै रहेको जिकिर गर्नुभयो । उहाँले निलम्बित व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकता सिकाउनु जायज नहुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, ५ वटा मुद्दा उहाँमाथि छ । उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापति पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ । अरूसँग नैतिकता खोज्ने साथीहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म आग्रह गर्छु । रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा समेत बाहिरिएको छैन । संसद् सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ । जो सांसदबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यहीँ व्यक्तिलाई नै अहिले संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको सिकाउन कति मिल्ने हो ? कति जायज हो ?”
भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आईतवारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसद्हरुले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् अगाडी बढाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच