
काठमाडौं । अभिनव साहित्य समाजले यस वर्षको अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट बुद्धिसागर पौड्याललाई सम्मानित गरेको छ । उहाँलाई १० हजार नगदसहित सम्मान गरिएको हो । भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८०औं मासिक शृंखलाअन्तर्गत गृष्म कवि गोष्ठीमा प्रमुख अतिथि प्राध्यापक तथा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले आफ्नो मन्तव्यमा विद्यार्थी तथा अन्य कविकवयित्रीलाई लेख्नका लागि उत्प्रेरित गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । विशेष अतिथिहरूमा शीतल गिरी, आरसी रिजाल, ध्रुव थापा, प्रदीपरत्न शाक्य, श्रीकृष्ण पुडासैनी मधुसूदन घिमिरे, खोलाघरे साहिँलो, गंगाप्रसाद भेटवाल, निर्मलरमण पराजुलीलगायतका रहनुभएको थियो ।
समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको विषयमा संक्षिप्त प्रकाश पार्दै वाचित कविताहरूको छोटकरी टिप्पणीका साथै क्रिष्टोफर कार्की, सरिता दुलाल, संगीता गजुरेल, गीता खनाल र दिवाकर नेउपानेलाई प्रोत्साहन पुरस्कारका लागि सिफारिश गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य घनश्याम प्रसाईं, उद्घोषण बीपी इलामे, व्यवस्थापन नवराज पुडासैनीले गर्नुभएको थियो ।
सो अवसरमा सिर्जना वाचन गर्नेहरूमा महेश्वर खनाल, गंगाप्रसाद भेटवाल, सुशील आचार्य, राजेशमान केसी, आरकेएन खडेरी, सुशील आचार्य, ठाकुप्रसाद खतिवडा, ओमप्रसाद कोइराला, भावना नेउपाने, सुमन किरण, बद्रीप्रसाद सुवेदी, निशा केसी, सपना अधिकारी, बाजुराम पौडेल, हरि डाँगीलगायत ४० जनाभन्दा बढी रहनुभएको छ ।
यसैगरी अभिनव-लक्ष्मीदेवी साहित्य सिरपाका लागि स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरुमा सुशान्त कोइराला सरस्वती मा.वि.प्रथम, समृद्धि श्रेष्ठ उत्तरबाहिनी बोर्डिङ स्कुल द्वितीय र तीनजना अंंशु कसजु श्रेष्ठ अरुणिमा मा.वि., सोनिया पौडेल गोकर्णेश्वर महादेव मा.वि. र श्रीषा बर्तौला इष्ट पोल मा.वि. तृतीय हुनुभएको थियो । अन्य सहभागीहरूमा सौरमी तिवारी इष्ट पोल, रोशिका भण्डारी इष्टपोल, ऋदम दोगोडा, सपना विश्वकर्मा, आङसी तामाङ र प्रिउसा परियार विद्यामठ, स्नेहा राई नव अरुणिमा, एनोरयिा तामाङ र प्रशान्त तिमल्सिना पल्र्स मा.वि., सुस्मिता न्यौपाने, सोना खनाल, रिदिमा खतिवडा र सोनिया पौडेल, गोकर्णेश्वर महादेव, स्मारिका कार्की र इश्मानी कार्की सुसंस्कार, जानकी साह र रानी चौधरी विद्या सागर, एलिशा देवान र निमा शेर्पा उत्तर बाहिनी, अन्तरा यादव, जिया दुलाल, साइन्स राई र रिदम विक, त्रिकोण स्कुल रहनुभएको थियो । शिक्षक तथा शिक्षिका प्रतिनिधिहरुरूमा राजभाइ धौगोडा, पार्वती रावत, सञ्जीव श्रेष्ठ, निश्चल तामाङ, प्रेमा भट्टराई, सीता देवकोटा, पार्वती अधिकारी, प्रार्थना खनाल जोशी, प्रमोदकुमार भण्डारी, राजकुमार नगरकोटीलगायत रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच