
समाचार सारांश
-
इजरायली आक्रमणमा इरानी गुप्तचर प्रमुख मोहम्मद काजेमी मारिए।
-
युद्धपछि इरानमा २२४ जनाको मृत्यु, इजरायलमा १० जनाको ज्यान गएको दाबी।
-
इरानले वार्ता अस्वीकार गर्दै मिसाइल आक्रमण थालेको छ।
-
युद्धका कारण तेलको मूल्य फेरि बढेको छ।
तेहरान । शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै पक्षको थप क्षति भएको छ। आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार यता दुई सय २४ जना इरानीको ज्यान गएको छ। तेहरानमा सबैले सहर छाड्न थालेका छन्। सहर छोड्नेको संख्याले त्यो क्षेत्रमा मानिसको भीड बढेको छ। यसैगरी, हाइफा र तेल अभिभमा भएको इरानको आक्रमणबाट १० जना भन्दा बढी इजरायली घाइते भएका छन्।
इरानले आक्रमण भइरहेको समयमा वार्ता सम्भव नहुने बताएको छ। इरानले कतार र ओमानका मध्यस्थ कर्तासँग सो कुरा बताएको रोयटर्सले उल्लेख गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणको लक्ष्य अन्य नभएर आणविक हतियार बनाउनबाट रोक्नु भएको बताउनुभएको छ । इरानले गरेको आक्रमणबाट १० जना इजरायलीको ज्यान गएको दाबी गरिएको छ। इजरायल र इरान युद्धका कारण सोमबार पनि विश्व बजारमा तेलको मूल्य बढेको छ।
यस्तै इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना तथा मानव बस्ती भएको क्षेत्रमा नै प्रहार गरेपछि शनिबार इरानले बालिस्टिक मिसाइलको प्रहार सुरु गरेको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लागि दुवै पक्षलाई आह्वान गर्नुभएको छ । क्यानडामा जी–७ बैठकमा सहभागी हुन जानुअघि पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच