
हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका-१ बाट लागूऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँ पालिका-१ स्थित राजु स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीकाअनुसार शनिबार स्याङतानको घरमा लागुऔषध तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठा भित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा ७.६५ MM Universal made in Italy 025 लेखिएको म्याग्जिनसहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली (राउण्ड) १३ थान र गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र ८ mm लेखेको गोली (कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम फेला परेको हो ।
उक्त लागुऔषध तथा हातहतियार बरामद स्याङ्तानलाई नियन्त्रणमा लिई लागूऔषध तथा हतहतियार खरखजना समेतको कसुर मुद्दामा कारबाही भईरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच