रोल्पा । रोल्पाको दुर्गम बस्ती मानिने लखना भन्ने ठाँउमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । आइतबार एक कार्यक्रमकाबीच रुन्टिगढि गाउँपालिकाको वडा नम्बर ३ को विकट गाउँ लखनामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको हाे ।
स्थानीयले माग गरेको निकै लामो समयपछि दुर्गम गाउँमा प्रहरी पोस्ट स्थापना हुँदा स्थानीयहरु खुशी समेत भएका छन् ।
अस्थायी प्रहरी पोस्ट उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा रोल्पाका प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले ग्रामीण बस्तीमा प्रहरी पोस्ट स्थापना भए संगै नागरिकको शान्ति शुरक्षामा सहयोग पुग्ने र समाजमा हुने विभिन्न गैरकानुनी क्रियाकलापहरु बन्द हुने बताउनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथि तथा रोल्पाका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र वीर बिश्वकर्माले प्रहरी पोस्ट स्थापना भएसंगै गाउँ बस्तीमा प्रहरीको सक्रियता बढ्ने र आम नागरिकलाइ शान्ति शुरक्षाको अनुभूति हुने बताउनु भयो ।
छिमेकी जिल्ला दाङ र प्युठान संग सिमाना जोडिएको सो ठाँउमा शान्ति शुरक्षाको अभाव भएको र प्रहरी निकाय धेरै टाढा भएको भन्दै स्थानीयहरुले लामो समय देखि प्रहरी चौकीको माग गरेपछि स्थानीय गाउँ पालिकाको पहलमा जिल्ला प्रहरी कार्यालय रोल्पा र जिल्ला प्रशासन कार्यालय रोल्पाको सहयोगमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको हो ।
कार्यक्रमका अध्यक्ष तथा रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनले स्थानीय सरकार प्रहरी संग हातेमालो गर्दै अघि बढ्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफुले बिगतको स्थानीय तहको निर्वाचनमा जनता सामु व्यक्त गरेको चुनावी प्रतिबद्धताअनुसार आफू निर्वाचित भएर पालिकाको नेतृत्व सम्हाले संगै निरन्तर प्रयास तथा सरोकारवाला निकायहरु सङ्गको समन्वय र सहकार्यमा पालिकाको दुई स्थानमा अस्थायी प्रहरी पोस्ट स्थापना गरेको बताउनु भयो ।
कार्यक्रममा रुन्टिगढि गाउँपालिकाका उपाध्यक्ष सरिता केसि, प्रमुख प्रशासकीय अधिकृत धनी प्रसाद खड्का, गाउँपालिकाका प्रबक्ता तथा वडा न. ९ का वडा अध्यक्ष चेतलाल खत्री, वडा न. ४ का वडा अध्यक्ष भुपमणि पुन, वडा न. ३ का वडा अध्यक्ष गणेश गिरि, घोराही उप महानगरपालिका १९ का वडा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले मन्तव्य राख्नु भएको थियो।
अस्थायी प्रहरी पोस्टमा प्रहरी बरिस्ठ हवल्दारको नेतृत्वमा ६ जना प्रहरी कर्मचारीहरु रहने ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले बताउनु भएको छ। कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा आम नागरिकहरुले प्रहरी पोस्ट स्थापनाको प्रसंशा गर्दै प्रहरीहरुलाई स्वागत गर्नु भएको थियो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…