
काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता डाक्टर केशव श्रेष्ठ काठमाडौँमा सकुशल फेला परेका छन्।
उनी काठमाडौंको बालाजुमा सोमबार दिउँसो २ बजेतिर सकुशल फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो ।
डा श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका थिए। उनको अन्तिम लोकेशन चाबहिल देखिएको थियो।
उनलाई प्रहरीले तारकेश्वर ३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला पारेको हो।
उनलाई प्रहरीको टोलीले उद्धार गरेर प्रहरी कार्यालय ल्याउँदैछ। त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले जानकारी दिनुभयाे।
रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोबाइल स्विच अफ गरेपछि हल्लीखल्ल मच्चिएको थियो।
१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच