भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरेवासी जनश्रमदानमा जुटेका छन् । वडावासीले सोमवार बर्षातका कारण अवरुद्ध भएको सडक मर्मत तथा सरसफाई गरेका छन् ।
पोखरेदेखि वडा नम्वर ९ को पानीट्यांकी जोड्ने सडक वडावासीले मर्मत तथा सरसफाई गरी सुचारु हुने बनाएका हुन् । वडावासीले निर्माणको चरणमा चक्रपथ रहेकाले बैकल्पिक सडककारुपमा संचालन हुने सडकको मर्मत संभार गरेको वडाध्यक्ष नविन प्रधानले बताउनुभयो ।
श्रमदानका लागि वडा कार्यालयले स्थानीयलाई आह्वान गरेअनुसार बर्षातका कारण बिग्रिएको सडक मर्मत सभार गरिएको हो । २५ जना वडावासीको सहभागितामा जनश्रमदानबाट सडक मर्मत संभार गरिएको स्थानीय कोपिला राईले बताउनुभयो । उहाँले भन्नुभयो, “संचालनमा रहँदै आएको चक्रपथ सडक पनि निर्माणको चरणमा रहेकाले आवतजावतको सहजताका लागि अर्को सडकको मर्मत संभार गरिएको हो ।”
वडावासीले बिगतदेखिनै गाउँघरमा हुने विकास निर्माणका लागि श्रमदान गर्दै आएका छन् । उनीहरुले श्रमदानका लागि स्वयमसेवककोरुपमा वडा कार्यालयमा नाम समेत दर्ता गराएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच