
कालीकाेट । भीरबाट लडेर घाइते भएका कालीकोटको नरहरिनाथ गाउँपालिका–५, रुप्साका अन्दाजी २५ वर्षीय राजेन्द्र बहादुर सहकारीलाई नेपाली सेनाकाे हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।
घर निर्माणका लागि दार बोकेर ल्याउँदै गर्दा भीरबाट लडेर सहकारी गम्भीर घाइते हुनुभएको थियो ।
घटनाको जानकारी पाउनेबित्तिकै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको पहलमा तत्काल उद्धार प्रक्रिया सुरु गरिएको थियो । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको समन्वय र सुरक्षा निकायका प्रमुखहरूको सहयोगमा हेलिकप्टर चार्टर गरी घाइते सहकारीलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ (सुर्खेत) पठाएको छ।
अध्यक्ष बिष्टले उद्धारमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभएकाे छ । साथै उहाँले घाइते राजेन्द्रको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच