भोजपुर । प्रत्येक बर्ष भोजपुरमा संचालन हुदै आएको सातौं संस्करणको मुन्दुम ट्रेलरेस आगामी असार ७ गते हुने भएको छ ।
आयोजक रिमाचुङ स्पोर्टस एकेडेमीले सोमवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै ९ टिमको सहभागितामा ट्रेलरेस हुन लागेको जानकारी गराएको हो ।
टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ स्पोर्टस एकेडेमीको आयोजनामा भोजपुरको मुन्दुम पदमार्ग अन्तर्गतको चखेवाबाट टेम्के–तावाभञ्ज्याङ हुँदै पाँचधारे देखि ढुंगे बगैचाबाट टेम्के चखेपासम्म २२ किलोमिटर संचालन हुने आयोजक संस्थाका अध्यक्ष पाविहाङ राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
बार्षिक संस्करण अन्तर्गत हुने प्रतियोगितामा एक समुहमा तीन पुरुष र तीन महिला अनिवार्य समावेश हुनु पर्ने अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “सरकारको एक सय पर्यटन गन्तब्यकारुपमा सुचीकृत मुन्दुम पदमार्गको प्रचार प्रसारका साथै खेलकुद पर्यटनमा पनि यो रेस महत्वपूर्ण हुने छ ।”
रेसमा पहिलो, दोश्रो र तेश्रो हुने समुहले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार प्रदान गरिने छ । यस्तै ब्यक्तिगत विधामा विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद १५ हजार, १० हजार र पाँच हजार पाउने अध्यक्ष राईले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच