
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । पूर्वखोला गाउँपालिका –५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडी आज साँझा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सवारी धनि बगनासकाली गाउँपालिका –१ गाप्टुङ घर भई हाल बुटवल उप–महानगरपालिका – ११ मझुवा बस्दै आउनुभएका ४६ वर्षीय बिनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।
उहाँका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो । दुर्घटनामा चालक बुटवल उप–महानगरपालिका – ११ का ३० वर्षीय राजु खड्का घाइते हुनु भएको छ । उहाँको अवस्था गम्भीर रहेको उपरीक्षक मल्लले बताउनुभयो । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।
गाडी सडकदेखि ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच