
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेल खेलिरहेको छ ।
नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५३ रनको लक्ष्य पाएको छ ।
नेदरल्याण्ड्सले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १५२ रन बनायो । नेदरल्यान्डसका लागि तेजा निदामानरुले ३५ रन बनाए भने साकिब जुल्फिकारले २५, विक्रमजित सिंहले ३०, माइकल लेभिटले २०, म्याक्स ओुडाउडले १९ र ज्याक लायन-क्याचेटले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दै तीन विकेट लिए ।
यस्तै नन्दन यादवले २ विकेट लिए भने कुशल भुर्तेल, ललितनारायण राजवंशीले एकएक विकेट लिए ।
अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच