
धनगढी । सुदूरपश्चिम प्रदेशमा ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रबद्र्धनमा अन्तर्किया गरिएको थियो । विषयगत संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश चलचित्रले उठाउनसक्ने कथावस्तु र छायांकनका लागि भर्जिन क्षेत्र भएकाले अब यहाँका कला संस्कृतिलाई समेटेर सिनेमा निर्माण हुनुपर्ने, यहाँका पर्यटकीय स्थललाई सिनेमामार्फत प्रसार प्रसार गर्नुपर्ने लगायतका कुराहरूमा जोड दिइएको थियो ।
कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, स्थानीय पर्यटन, बजारका चुनौती र सिनेमा-समाजको सम्बन्धबारे छलफल गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका डोटीका अध्यक्ष अध्यक्ष दुर्गादत्त ओझाले काठमाडौंले दूर देख्ने सुदूरपश्चिम प्रदेशमा थालनी गरिएको यो प्रकारको कार्यक्रमलाई शहर केन्द्रित नबनाएर यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पुर्याउन आग्रह गर्दै त्यसले सुदूरपश्चिमको परिचय बोकेका विभिन्न परम्परा र पर्यटकीय स्थललाई राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सघाउ पुग्ने बताउनुभयो ।
विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव वैकुण्ठराज पराजुलीले पर्यटन प्रवद्र्धनको सशक्त माध्यम सिनेमा रहेकोले सुदूरपश्चिमलाई नेपाली सिनेमा छायांकनको हब बनाउन प्रदेश र स्थानीय सरकारबाट पनि पहलकदमी आवश्यकतामा जोड दिनुभयो । निलम चन्दले सहजीकरण गरेको कार्यक्रममा अभिनेत्री उपासना सिंह ठकुरी, दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी वक्ताको रुपमा रहनुभएको थियो । यो सत्रमा पछिल्लो समय नेपाली चलचित्रमा आइरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिदो प्रविधिले पारिरहेको प्रभावको बारेमा संवाद गरिएको थियो ।
दोस्रो सत्रमा सिनेमामा सुदूरपश्चिम इतिहास र संस्कृति विषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवाद कार्यक्रममा वक्ताको रूपमा सुदूरपश्चिम क्षेत्रको कला संस्कृतिका जानकार साहित्यकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का रहनुभएको थियो ।
कार्यक्रमको तेस्रो सत्रमा डोटेली भाषा सिनेमा र संगीतको बिषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवादमा गीतकार हर्क साउँद, वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी र वरिष्ठ पत्रकार तथा सुदूरपश्चिममा पहिलो चलचित्र निर्माण गर्नुभएको उमिद वागचन वक्ताको रूपमा रहनुभएको थियो ।
सिनेमा संवादको चौथो सेसनका रूपमा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा सिनेमाको भूमिका विषयमा छलफल गरिएको थियो । पत्रकार टेकेन्द्र देउवाले सहजीकरण गरेको कार्यक्रममा कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र गौरीका निर्माता खड्गबहादुर मल्ल र थारू चलचित्रका अभिनेता प्रेम चौधरी वक्ताको रूपमा रहनुभएको थियो ।
संवाद आयोजक संस्थाहरू चलचित्र पत्रकार संघ नेपाल कैलाली अध्यक्ष पुष्पराज जोशी र जेडी एसोसिएटसका प्रमुख दिनेश भण्डारीले सुदूरपश्चिम प्रदेश मै पहिलोपटक आयोजित कार्यक्रम फलदायी भएको विश्वाससहित यो प्रकारको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सिनेमा संवादले स्थानीय कला संस्कृतिको पहिचान वृद्धि र पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने अपेक्षा राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच