
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उपप्रधान तथा अर्थमन्त्रीसँग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह गरेको छ । नाडा अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औँ संस्करणको नाडा अटो शो २०२५ मा प्रमुख अतिथिका रूपमा उद्घाटन गरिदिन औपचारिक रूपमा आग्रह गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोबाइल क्षेत्रलगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताउनुभयो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलोपटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेको भन्दै त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्नेमा जोड दिनुभयो । मेनुफेक्चरिङ उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता हुनुपर्ने उहाँको भनाइ थियो ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले नाडाले राखेको आग्रह स्वीकार गर्दै नेपालका अटोमोबाइल व्यवसायीले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । सो अवसरमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच