
दुई कठ्ठा १०धुर जमिनमा निर्माण हुने सो ट्याङ्कीबाट मेचीनगर ९, १०, ११ र १५ वडाका तीन हजार ४२४ घरधुरीमा शुद्ध खानेपानी वितरण गरिने लक्ष्य छ । यो आयोजनाको कुल लागत १९ करोड ३४ लाख ६२ हजार ८६६ रुपैयाँ रहेको धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले बताउनुभयो । आयोजनाबाट १५ हजार ८१ जना उपभोक्ता लाभान्वित हुनेछन्।
निर्माण सुरु हुने १५ दिन अगावै शिलान्यास भएको पानीट्याङ्कीको जमिनमुनीको काम सुरु भइसकेको छ । ट्याङ्की निर्माणको जग हालिसकिएको छ । ०८४ मंसिरसम्ममा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीसहित आयोजना सम्पन्न हुनेछ ।
आयोजना अन्तरगत दुई डिपबोरिङ, एक प्रशोधन प्लेट, एक अपरेटर हाउस, एक जेनेरेटर, ४५ भल्भ च्याम्बर , ६ एयर भल्भ , ६ फायर हाइड्रेन्ट रहने छ । गेटसहित वाक कम्पाउन्डसहितको संरचना रहने आयोजना अन्तरगत १०७ किलोमिटर पाइपलाइन बिस्तार गरिनेछ । "शुद्ध पानी, स्वस्थ जीवन" भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै निर्माण प्रारम्भ गरिएको यो सहलगानी आयोजना भएको अध्यक्ष खत्रीले बताउनुभयो ।
आयोजना शिलान्यास कार्यक्रममा झापा १ का सांसद शर्माले २०७१ साल निधन हुनुभएको जग्गादाता टंकप्रसाद र रुपा भट्टराईको छोरा अनिल र परिवारलाई सम्मान गर्नुभएको छ । टंकले आफ्नो जीवनकालमा नै सो जग्गा धुलाबारी खानेपानीलालाई दान दिनुभएको थियो । खानेपानी समितिले त्यहाँको केही जग्गा आफैंले खरिदसमेत गरेको छ ।
ट्याङ्की शिलान्यास गर्दै कांग्रेस महामन्त्रीसमेत रहनु भएको शर्माले विकास कांग्रेस - कम्युनिष्ट नहुने बताउनुभयो । विकास व्यवस्थाले ल्याएको उल्लेख गर्नु भएको उहाँले भदौसम्ममा झापा १ मा खानेपानीमा मात्रै एक अर्बको काम हुने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक टोलमा खानेपानी यही संसद अवधिमा पुर्याउने योजनाका साथ काम गरिरहेको बताउनु भएको उहाँले हाम्रो ठाउँमा योजना परेन, पालो आएन भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो ।
कोशी प्रदेश सांसद गोपाल तामाङले अधिकारका दृष्टिले प्रदेश सरकारको भूमिका नीतिगत रूपमा कमजोर भएपनि खानेपानीको समस्या हल गर्न आफूहरू सहकार्यमा रहेको बताउनुभयो । कोशी प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहनु भएको तामाङले संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा रहेको र समन्वयमा काम भइरहेको बताउनुभयो । उहाँले खानेपानी पहिलो प्राथमिकतामा रहेको सुनाउनुभयो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले ७४ सालपछि मेचीनगरमा मात्रै ५ अर्ब बढीको विकासको काम भएको बताउनुभयो । कार्यक्रममा धुलाबारी खानेपानीका पूर्वअध्यक्ष रामबहादुर कट्टेल, जिल्ला खानेपानी कार्यालय झापाका डिइ विकास काफ्ले, खानेपानीका उपाध्यक्ष हिलामलय आन्देम्बे, सचिव उमेश सुवेदीले धुलाबारी खानेपानीको विगत, वर्तमान र भावी योजनाका बारेमा विधागत रूपमा प्रस्ट्याउनु भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच