
नवलपरासी । पानी परेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड पुनः हिलाम्मे बनेको छ । सडक हिलोले चिप्लो भएपछि सोमबार बिहानैदेखि सवारी आवागमनमा ठूलो समस्या आएको छ ।
निर्माणाधीन अवस्था रहेको दाउन्ने सडकमा पानी परेसँगै सडक सतह हिलाम्मे हुँदा सवारी साधनहरू खासगरी उकालो खण्डमा चढ्न नसकेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । प्रहरीका अनुसार ठूला गाडीहरू चिप्लिएर रोकिनुका साथै कतिपय साना गाडीहरू मात्र मुस्किलले अगाडि बढिरहेका छन् ।
बर्दघाट क्षेत्र देखि दुम्कीवास क्षेत्रसम्म सवारी साधनहरूको लामो लाइन देखिएको छ । घण्टौंसम्म सडकमा अड्किनु परेका यात्रुहरू हैरान बनेका छन् । केही स्थानमा यात्रुहरू गन्तव्यतर्फ पैदल हिँड्न समेत बाध्य भएका छन् ।
स्थानीयबासी तथा यात्रुहरूले यथाशिघ्र सडकको गुणस्तरीय निर्माण र व्यवस्थापनको माग गरेका छन् । वर्षायाम सुरु भएसँगै दाउन्ने सडक खण्डमा यस प्रकारको समस्या नियमितजस्तै बन्न थालेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच