
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संघीय संसद भवन पुगेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन् ।
यही विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।
प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाएका थिए । यही सामूहिक तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेख्नुभएको छ, ‘आन्दोलन जारी छ।’
यसैबीच सभामुख घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सञ्चालनको वातावरण बनाउने विषयमा छलफल भएको बुझिएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच