
काठमाडौं । दाङको अल्फा तेक्वान्दो डोजाङले प्रथम एनटिए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिपको ट्रफी जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सोमबार सम्पन्न जुनियर ब्वाइजको फाइनलमा टिम चितवनलाई पराजित गर्दै अल्फाले ट्रफी उचालेको हो । वसन्त विष्ट, कमल परियार र कमल खड्का सम्मिलित अल्फाले कृष्ण विक, रौनक राउत र सौगात सुन्दास सम्मिलित टिम चितवनलाई ४८-३४ अंकले हराएको थियो । टिम धादिङ र टिम तारकेश्वरले तेस्रो स्थान हात पारे ।
जुनियर गल्र्समा टिम तारकेश्वर विजेता भयो । प्रतिस्पर्धात्मक खेलमा तारकेश्वरले फेयरलेस डोजाङलाई ७१-६२ अंकले हरायो । तारकेश्वरबाट सपना रिखाम, कृतिका थापामगर र सोनिया तामाङ तथा फेयरलेसबाट अनिशा मगर, लक्ष्मी तामाङ र सृष्टि लामाले प्रतिस्पर्धा गर्नुभएको थियो । यानसु डोजाङ र गोर्खाली डोजाङले तेस्रो स्थान हात पारे ।
क्याडेट ब्वाइजतर्फ ढल्को डोजाङ च्याम्पियन भयो । ढल्कोले फाइनलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई पराजित गर्यो । नेपाल टाइगर्स र सीतापाइला डोजाङले तेस्रो स्थान हात पारे । क्याडेट गल्र्सको उपाधि राइजिङ फाइटर्सले जितेको थियो । च्याम्पियनसिप विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
विजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पुरस्कार प्रदान गर्नुभएको थियो । संघले पहिलोपटक ग्योरोगी विधामात्र समावेश गरेर टिम च्याम्पियनसिप आयोजना गरेको हो । प्रतियोगिता विश्व तेक्वान्दोको टिम ग्योरोगीको नियमअनुसार सञ्चालन गरिएको थियो । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट गल्र्स/ब्वाइज टिम तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर गल्र्स/ब्वाइज टिम गरी चार स्पर्धा समावेश गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच