
काठमाडौं । ब्रिज इन्टरनेसनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा ब्रिज डिकेड कप आयोजना गर्ने भएको छ । असार ७ गते युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज-११ र डेभिजेस क्रिकेट क्लबबीच मैत्रीपूर्ण खेल हुनेछ । ब्रिज-११ को नेतृत्व नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले गर्नुहुनेछ । उहाँ ब्रिज इन्टरनेसनल कन्सल्टेन्सीका ब्राण्ड एम्बेसडरसमेत हुनुहुन्छ ।
ब्रिज इन्टरनेसनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले ब्रिज डिकेड कप कम्पनीको दशक लामो सफलताको उत्सवमात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम भएको बताउनुभयो ।
यो प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमीहरू र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका संयोजक विज्ञान कार्कीले बताउनुभयो । कार्यक्रमका निर्देशक अमितप्रकाश घिमिरेले दशक लामो सेवाको यात्रालाई समाजप्रतिको जिम्मेवारीमा परिणत गर्ने यो प्रयास ब्रिज इन्टरनेसनलको मूल्यमा आधारित भएको सुनाउनुभयो । प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमा सहयोग स्वरूप हस्तान्तरण गरिने जनाइएको छ ।
ब्रिज इन्टरनेसनलले नेपाली समुदायमा खेलकुद, सद्भाव र सामाजिक सेवाको संयोजन प्रस्तुत गर्दै दशक लामो यात्रालाई ऐतिहासिक बनाउने तयारी गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच