
काठमाडौं । मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघको आयोजनामा एमबिएएन स्पोर्ट्स मिटको तेस्रो संस्करण शुक्रबार र शनिबार हुने भएको छ । हाँडीगाउँस्थित धन्वन्तरी स्पोर्ट्स फुटसलमा हुने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस खेल समावेश गरिएको संघका अध्यक्ष रामेन्द्र रायमाझीले जानकारी दिनुभयो ।
प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिनेछन् । फुटसलमा महिला र पुरुष गरी दुई विधा समावेश छ । पुरुषतर्फ १५ र महिलातर्फ आठ टिमले सहभागिता जनाएका छन् ।
फुटसलको पुरुषतर्फ उपाधि विजेताले ८० र उपविजेताले ४० हजार प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फको विजेतालाई ५० र उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । पुरुष र महिला दुवैतर्फका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी ब्याडमिन्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्सका गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फका विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् । भेट्रान्स डबल्सका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ हात पार्नेछन् । पुरुषतर्फ ६, महिलातर्फ नौ र भेट्रान्सतर्फ पाँच टिम सहभागी छन् ।
यता, टेबलटेनिसमा पुरुष सिंगल्सतर्फ २५, महिला सिंगल्सतर्फ ६ र भेट्रान्स सिंगल्सतर्फ सात टिमले भाग लिएका छन् । टेबलटेनिसमा पुरुष र भेट्रान्सको विजेताले समान १५ र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । यस्तै, महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच