भोजपुर । सरकारले उद्योग खोल्न प्रोत्साहन गर्न नसकेको भन्दै भोजपुरमा मंगलवार भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले गुनासो गर्नु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले बार्षिक कार्यक्रम अन्तर्गत उद्योग बाणिज्य क्षेत्रसँग सम्वन्धित सरोकारवालाहरुका लागि गरेको अन्तरक्रियामा उद्योग संचालनमा प्रोत्साहन गर्नु पर्नेमा सरकारी तहबाट कानुन मात्र देखाएर तर्साउने काम हुँदै आएको भन्दै सहभागीहरुले प्रोत्साहन मुलक कार्यक्रम ल्याउन सरकारसँग माग गर्नु भएको हो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रमेश ढकालले घरेलुले संचालन गरेका कार्यक्रम र अधिकारका साथै उपभोक्ता अधिकारका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । घरेलुले पाँचदेखि १५ करोडसम्मका उद्योगहरु दर्ता गर्न पाउने बताउँदै प्रमुख ढकालले लघु, घरेलु तथा साना उद्यमीहरुलाई बिभिन्न मेशिन तथा औजारहरु कार्यालयले बितरण गर्दै आएको बताउनुभयो । रोजगारमुलक सीपका कार्यक्रम पनि कार्यालय मार्फत संचालन हुने जानकारी दिदै प्रमुख ढकालले उद्योग दर्ता, खारेजी, जरिवाना, शुल्क, कानुनी ब्यवस्था लगायतका कुराहरु पनि कार्यपत्र मार्फत सहभागिहरुलाई जानकारी गराउनुभयो ।
कार्यपत्र माथि टिप्पणी गर्दै उपभोत्ता संरक्षण मञ्च भोजपुरका संयोजक गणेश श्रेष्ठले सरकारी कार्यालयहरुले कानुन देखाएर उद्योगी तर्साउने काम मात्र गर्दे आएको बताउँदै प्रोत्साहन मुलक कार्यक्रममा भने ल्याउन नसकेको बताउनुभयो । सवैलाई उद्यमी बनाउन सरकारी तहबाट आवश्यक नीति तथा कार्यक्रम नआएको सन्दर्भमा त्यसको सुरुवात स्थानीय सरकारले थाल्न उहाँले जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले घरेलु उद्योगहरुलाई मजवुत बनाउन र उपभोत्ता अधिकारलाई बलियो बनाएर सरकारले मात्र नसक्ने भन्दै यसमा उपभोक्ता पनि सचेत हुन जरुरी रहेको बताउनुभयो । उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग बाणिज्य संघका पदाधिकारी, उद्योगी ब्यवसायी, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच