काठमाडौं । ग्राहक संख्या बढाउन खासगरी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरू तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार इन्टरनेट सेवामा वल्र्डलिंक कम्युनिकेसन लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । उक्त कम्पनीको ग्राहक संख्या १० लाख तीन हजार नौ सय ४९ पुगेका छन् । घरेलु, साना व्यवसाय, कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै सेवा प्रदान गर्दै आएको वर्ल्डलिंकले विदेशी लगानीसमेत भित्र्याएको छ ।
सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको ग्राहक संख्या तीन लाख ५१ हजार नौ सय १२ मात्रै रहेको छ ।
कम्पनीले नेपालमै पहिलोपटक इन्टरनेट सेवामा ब्रिटिस इन्टरनेसनल र डोल्मा इम्प्याक्ट फण्डमार्फत् विदेशी लगानी भित्र्याएको हो । वर्ल्डलिंकले गत वर्ष सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०२३ को भन्दा ७.७० प्रतिशत बढी हो । सन् २०२३ मा कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा नौ अर्ब ३० करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ । हाल वल्र्डलिंकको फाइबर नेटवर्क मुख्यतया शहर केन्द्रित छ । ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्न कम्पनीले थप फाइबर नेटवर्क बिछ्याउने योजना बनाइरहेको छ ।
सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको ग्राहक संख्या तीन लाख ५१ हजार नौ सय १२ रहेको छ । हालै सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८२ अनुसार नेपाल टेलिकमले ४८ अर्ब तीन करोड २० लाख रुपैयाँ सञ्चित नाफा कमाएको थियो । तर, सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफा भने घट्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा छ अर्ब २३ करोड एक लाख थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को सात अर्ब ९२ करोड दुर्ई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो ।
इन्टरनेट सेवा प्रदायक ग्राहक संख्याका आधारमा तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडका तीन लाख ५० हजार चार सय छ ग्राहक छन् भने सुबिसु केबलनेट लिमिटेडको ग्राहक संख्या तीन लाख १० हजार दुर्ई सय ९४ र भायानेट कम्युनिकेसन लिमिटेडको ग्राहक दुई लाख ४५ हजार नौ सय ४५ रहेका छन् । त्यसैगरी क्लासिक टेक प्रालिको ग्राहक संख्या वैशाखसम्म एक लाख ८२ हजार नौ सय ८६ रहेका छन् भने वेबसर्फर नेपाल कम्युनिकेसनको ग्राहक एक लाख ७६ हजार ६९ र टेकमाइण्ड्स नेटवर्क प्रालिको ग्राहक ८५ हजार आठ सय सय ९१ रहेका छन् ।
चौधरी ग्रुपअन्तर्गतको सिजी कम्युनिकेसनको ग्राहक ८० हजार आठ सय ५४ रहेका छन् । सिजीअन्तर्गतकै वाइफाइ नेपाल प्रालिले पनि ७४ हजार २९ ग्राहक बनाइसकेको छ । ब्रोडलिंक, फाइबर वर्ल्ड कम्युनिकेसन, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्कलगायतले पनि सेवा दिँदै आएका छन् । तर, कुनै पनि कम्पनीले प्रदान गर्ने इन्टरनेटको गुणस्तरीयताबाट भने ग्राहक सन्तुष्ट छैनन् ।
इन्टरनेट सुस्त चलेको, भनेकोभन्दा कम एमबिपिएस सेवा प्रदायकले दिँदा प्रभावकारी सेवा नपाएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । अधिकांश इन्टरनेट कम्पनीहरूले तोकिएभन्दा कम एमबिपिएसको इन्टरनेट सेवा दिएर उपभोक्तालाई ठगिरहेका उपभोक्ता अधिकारकर्मीहरूले बताउँदै आएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सरकारले प्रभावकारी नियमन गर्न नसकेका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले लुट मच्चाइरहेका दाबी गर्नुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर