
काठमाडौं । नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा साउन ३ गते (१९ जुलाई २०२५) गर्न लागेको आदिवासी जनजाति चलचित्र महोत्सव-२०२५ मा सहभागी हुने चलचित्रहरूको नामावली सार्वजनिक गरेको छ । महोत्सवमा १५ वटा सर्ट फिल्म, पाँचवटा वृत्तचित्र, १३ वटा आदिवासी जनजाति चलचित्र तथा आठवटा आदिवासी जनजातिका कथा लिएर मुलधारमा बनेका चलचित्रसहित ४१ फिल्म सहभागी हुने भएका छन् । यो महोत्सवका लागि ६० वटा आवेदन परेकोमा आयोजक संस्थाले कुल ४१ वटा चलचित्र छनौट गरेको जनाएको छ ।
महोत्सवमा छोटो फिल्म (सर्ट फिल्म)तर्फ ‘बेङठा’ (निर्देशक इन्द्रबहादुर परियार), ‘डेभिनेसन’ (निर्देशक गोपाल आचार्य), ‘अदेख’ (निर्देशक अयुब केसी), ‘जंगलमा’ (निर्देशक विवेक रामदाम), ‘खिल’ (निर्देशक विकास मगर), ‘कलर अफ टि’ (निर्देशक राजकुमार लामिछाने), ‘द ब्ल्याकपिग’ (निर्देशक नवीन मेन्याङबो), ‘लौलसा परहेके’ (निर्देशक विनोद पुडासैनी), ‘द ब्लु स्काई’ (निर्देशक निर्मल पौडेल), ‘फेके’ (मदर टंग)’ (निर्देशक टोमा लामा), ‘माता’ (निर्माता उमा कार्की), ‘नाम्लो-जर्नी अफ पोटर्स’ (निर्देशक हेमन तामाङ), ‘रिभा’ (निर्देशक प्रसिस बज्राचार्य), ‘सन्ते’ (निर्देशक दीपक तामाङ), ‘टरक्युसी’ (निभ बज्राचार्य) तथा ‘एप्रोन’ (निर्देशक किरनप्रसाद धिताल) रहेका छन् ।
वृत्तचित्रतर्फ ‘गा घर’ (निर्देशक दीपनारायण राजवंशी), ‘वडाहाङने पापनी’ (निर्देशक जसकुमार राई), ‘गल्र्स रिराइटिङ डेस्टिनी’ (निर्देशक लव प्याकुरेल), ‘द एभरेष्ट मम’ (निर्देशक संगीता श्रेष्ठ), ‘डिभाइन डाइलीमा’ (निर्देशक केपी पाठक) रहेका छन् ।
त्यस्तै, आदिवासी चलचित्रहरूमा ‘कर्तव्य आर संघर्ष’ (निर्देशक सन्तोष सरकार), ‘गले वाना’ (निर्देशक अनयुक्ता स्थापित), ‘अस्तु’ (निर्देशक दीपक तामाङ लामा), ‘लोजिमा’ (निर्देशक सागर सुब्बा), ‘हाङनन्द’ (निर्देशक विजय संयोक सुब्बा), ‘मुखिया’ (निर्देशक प्रीतम गुरुङ), ‘नाम्लोर जर्नी अफ पोर्टर्स’ (निर्देशक हेमन तामाङ), ‘सेमिफुङ’ (निर्देशक रनवीर लिम्बु), ‘सुगुप’ (निर्देशक लोकेन साबा लिम्बू), ‘चे’ (निर्देशक सागर केरुङ), ‘युप्पारुङ’ (निर्देशक रविन श्रेष्ठ), ‘जितिया’ (परशुराम चौधरी), ‘लाखे आजु’ (निर्देशक आर्यन नकर्मी), ‘नाक्छोङ’ (निर्देशक किरन राई) रहेको छन् ।
महोत्सवमा मूलधारमा आदिवासी जनजातिका कथा समावेश गरेर निर्माण भएका चलचित्रहरूलाई विशेष चलचित्र सम्मान अवार्ड प्रदान गरिने भएको छ । जसका लागि चलचित्रहरू ‘गाउँ आएको बाटो’ (निर्देशक नवीन सुब्बा), ‘अञ्जिला’ (मिलन चाम्स), ‘कर्साङ’ (निर्देशक यम शेर्पा), ‘घर ज्वाइँ’ (निर्देशक अनिल बुढामगर), ‘खुश्मा’ (निर्देशक अशोक थापा), ‘गोर्खा वारियर’ (मिलन चाम्स) तथा ‘टुल्की’ (निर्देशक देव थापा) रहेका छन् ।
कार्यक्रममा सहभागी फिल्महरूलाई वेष्ट एक्टर, वेष्ट एक्ट्रेस, वेष्ट स्क्रिप्ट, वेष्ट डिरेक्टर, वेष्ट सिनेमाटोग्राफर, वेष्ट एडिटर, वेष्ट डेब्यू डिरेक्टर, वेष्ट डेब्यु एक्टरर एक्ट्रेस प्रदान गरिने भएको छ । सहभागी चलचित्रमध्ये १९ जुलाईमा अञ्जिला, लाखे आजु, कर्साङ, मुख्या तथा केही सर्ट फिल्म प्रदर्शन गरिने भएको छ । उक्त दिन आदिवासी जनजातिका खानाका परिकार, पहिरन, प्रदर्शन, अन्तक्र्रिया कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गरिने फेस्टिभल डाईरेक्टर अरुणकुमार प्रधानले जानकारी गराउनुभयो ।
महोत्सवका लागि स्कटल्याण्डको सबै तयारी पूरा भइसकेको र कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे रहने नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलले जानकारी दिनुभयो । पहिलो पटक बेलायतमा हुन लागेको यो महोत्सवमा मुख्य आयोजक नेपाल स्कटल्याण्ड सोसाइटी तथा नेपालको तर्फबाट संयोजकको रूपमा नेपाल चलचित्र निर्देशक समाज तथा नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश रहेका छन् । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीका अनुसार नेपालबाट गर्नुपर्ने तयारी पनि पूरा भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच